भौतिक पूर्वाधार मन्त्री मो. इस्तियाक राई सहित जसपाबाट गठबन्धन सरकारमा सहभागी चार मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन् ।
राजिनामाका लागि पटकपटक निर्देशन दिएका प्रधानमन्त्रीको अटेरी गरेपछि जसपाबाट सरकारमा सहभागी मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह यादव, प्रदीप यादव र मोहम्मद इश्तियाक राईलाई बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले पदमुक्त गरेकी हुन् ।
मन्त्रीबाट पदमुक्त हुनेमा जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
सत्ता गठबन्धनबाट अलग्गिदै नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि जसपालाई गठबन्धनले निशानामा राखेको थियो ।











