नवरात्र प्रारम्भ र दसैको महत्व


नेपालीमा एउटा उखान छ । आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाई ! परमपरागत मनाउदै आएको विजया दशमी पर्वको अष्टमी, नवमी हुदै दशमीको दिन नजिकिदै छ । दसैको लागि आवश्यक सर–सामान किनमेल गर्नेहरुको वजारमा भिड देखिन थालेको छ । छिमेकी मुलुक चिन र भारतबाट भित्रिने खशि र वोका हास, कुखुरा एंव रागोको मुल्य आकाशिएको छ । कमाइ गर्न देश, विदेश गएका युवा, युवतीहरु दसै पर्वको लागि भनेर घर फर्किने क्रम वढदै छ ।

तिपय घर पविारले गएको सालका दसैैको ऋण तिर्न नसकेर घरखेत बेच्ने तर्खरमा लागेका छन । यस्तो अवस्थामा आएको यो सालको दसै पर्व मनाउन हामी सवै वाध्य छौ । दसै हाम्रो सस्कृतिक पर्व हो । यसलाई तडक भडक साथ मनाउनु भन्दा पनि यसको सस्कृतिको बारेमा हामीलाई थाहा हुन जरुरी छ ।

विजया दशमीको सधैजसो शुभकामना लिने र दिनेक्रम बढदो छ । लाखांै पशुपंछिहरुलाई वली दिइदै छ । दसै विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिसामाथि अहिंसाको विजय, असुरी शक्ति माथि दैविय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्देश्य हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दशदिन पूजा, पाठ, वर्त, उत्सव आदि गरेर मनाइने चाड भएकाले यसलाई दसै पनि भनिएको हो । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको दसैं केही बर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढ्ने प्रवृत्तिले गर्दा उल्लास र उमंगको चाड हुन सकेको छैन । जसले गर्दा दसैं दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दसैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा घाटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस अनि मात्रै दसैं साच्चिकै दसैं बन्न सक्छ ।

घटस्थापनादेखि शुरु हुने दसै पर्व विभिन्न शक्तिपीठहरुमा बली दिएर देवीदेवताको प्रसादको रुपमा मासु खाने चाडको रुपमा मनाइने र दसैं पर्वमा विशेषगरी नवदुर्गाको पुजा आराधना गरेर मनाउने हाम्रो प्रचलन छ । दसै मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरुका भिन्न भिन्न दृष्टिकोणहरु छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रुपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् । यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड पर्व हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि दसैंको रुप लिएको हुनु पर्दछ भन्ने तर्क पनि छ ।

त्रेता युगमा दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले विजया दशमीका दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दसैलाई वडादसै एवम विजयदशमी भन्ने गरिन्छ । दसैलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस भन्ने ध्येयले दसैको उत्सव अर्थात पर्व सुरु भएको हो । चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन । हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त दसै पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।

अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरुमा छाएको महगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका बाबजुद पनि दसैंलाई आफ्नो हैसियत अनुसार मनाउने तर्फ सबैले सोच्न पर्दछ । आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु पनि दसै पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेटने तथा मान्यजनबाट टीका र जमराको साथ आशिर्वाद लिने परम्परा रहेको दसै पर्वले ऐतिहासिक महत्व बोकेको छ । त्यसैले आर्थिक मन्दीले सबैलाई सताइ रहेको अबस्थामा आएको विजया दशमीलाई ऋण सापट गरेरै भएपनि धुमधामका साथ मनाउने तयारीमा आम नेपालीहरु जुटिरहेको अवस्था छ । विगत बर्षको तुलनामा झण्डै १०० प्रतिशत बृद्धि भएको महगीको मारमा मनाउन लागिएको यो बर्षको दसंैले झन सबैलाई कष्ठकर बनाउन थालेको छ । हाम्रो परमपरा र सस्कृतिलाई बचाउनु पर्दछ तर यसलाई पर्वको रुपमा मनाउदा आफ्नो आर्थीक अबस्थालाई ख्याल गर्न सकेनौ भने यसले हामीलाई दसै नभए र दशाको रुपमा परिणत गरि दिन्छ ।

हामी नेपाली प्रकृति प्रेमी हौ । नेपालका विविध जातजातिका किसानको चाडका रुपमा प्रचलित दसैलाई हिन्दु धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाएर सामन्ती संस्कार एवम् चाडको रुप दिएको हुनु पर्दछ । कृषिप्रधान क्षेत्रका जनताले विश्रामको आवश्यकता अनुभव गरेर यसको चलन चलाएका हुन् भन्ने तर्क धार्मिक र सामन्ती तर्क भन्दा धेरै गहन र दरिलो तर्क हो । यो नितान्त वर्ष दिनको कामकाज र खेतीपाती सकेर थकाइ मार्ने किसानको आवश्यकताबाट विकसित चाड हो । शासक वर्गले यस चाडलाई पछि रुपान्तरित गरेर आफ्नो स्वार्थ अनुकूल धार्मिक रुप दिने प्रयत्न गरेपछि मात्र सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा दसैंको उत्पत्ति भएको हो भन्ने दृष्टिकोण विकसित गरिएको हो । यसमा शासक वर्गको वर्गीय स्वार्थ र चालबाजी नै प्रतिविम्बित भएको छ । त्यसलाई हटाएर हेर्दा यो विशुद्ध लोकसंस्कृतिसित सम्बन्धित चाड पर्व हो ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आवाहन गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसै घर या पूजाकोठामा राखी त्यस ठाउमा जमरा उमार्न जौ छरिन्छ । जौ को आकुरा मात्र जमरा हो । भाषा बोल्ने क्रममा यमङकुर–जवङकुर–जम्कुर–जवर हुदै जमरा भएको हो । भाषा परिस्कृत हुदै जमरा शब्द बन्नको लागी करिव ८०० बर्ष लागेको अनुमान छ । त्यसैले जमराको महत्व भाषीक रुपले पनि पौराणिक मानिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रुपमा मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसैस्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा अर्थात कलशको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरुपकी महाकाली महालक्ष्मी र महासरस्वती को पूजाआजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तदवीप, सम्पूर्ण नदी एवं तीर्थहरु निहित छन भन्ने कुरामा विस्वास गरिन्छ । जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख गरिएको छ । यसका अतिरिक्त घटकलश अष्ट मङगलका शुभ चिन्हहरु द्वारा समाहित गरिएको पाइन्छ । त्यसै दिन अर्थात घटस्थापनाको दिनबाट घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्धीप आदि सबैलाई समाहित गरी दसै पूजाको थालनी गर्ने हाम्रो सस्कृति रहेको छ । घटस्थापनाको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङख, डमरु घण्टी आदि बजाइ दुर्गा सप्तशती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमददेवीभागवत आदि पाठ पनि पढिन्छ । पूजा गरि सकिए पछि प्रत्येक दिन बलि चाहि अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । वलीशब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारुपि–मोह वोकारुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरुले बलि भने पछि पशुहरुलाई काटेर वली दिने गरिन्छ । यसको बारेमा दसै पर्व मनाउनेहरुले सोच्न जरुरी छ ।

घटस्थापनादेखि नै हिन्दूहरुले विभिन्न शक्ति पिठहरुमा दुर्गा सप्त शनि, चण्डि र भगवतिको स्त्रोत पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ । परम्परागत दसै पर्वमा खडग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्र यानको प्रादूर्भाव भएदेखिनै भएको हो भन्ने तर्क एकथरि विद्धवानहरुको छ । तर, इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत ४४४ अर्थात आजभन्दा ६९० बर्ष पहिले तुलाजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दसैको पर्ब सुरु भएको भन्ने पनि छ । देवि पुरान धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्य युगमा देवासुर सग्राम भएदेखि नै दसै पर्व मनाउन थालिएको कुरा धार्मिक विद्धानहरु बताउछन । चाहे जे जसरी पर्वको सुरुवात भएपनि परम्परागत मनाउदै आएको दसैपर्व आज पनि हिन्दू समाजमा उत्तीकै लोकप्िरय चाड पर्वका रुपमा मनाउदै आइएको छ ।

धामिर्क सस्कृतिसंग जोडेर देविलाई बली दिने प्रचलन बढन थालेको छ । पासविकताको ताण्डव नृत्य मञ्चन हुने वली प्रथाको समाजलाई अन्ध विश्वासमा दोहो¥याइएको छ । मुगु जिल्लाको गमगडीमा दसैको अवसरमा दिइने वलीमा प्रथाले अचम्मको दृष्यदेख्न सकिन्छ । वलीका लागि ल्याइएका बोका मन्दिर परिसरमा पुगेपछि खुर्सानीलाई पिधेर बनाइएको लेप बोकाको सबै भागमा लगाइन्छ । खुर्सानीको पिरोको जलनले बोका उफ्रिन थाल्दछ, बोका कराउछ, चित्कार छोड्छ । तर, त्यहा कसले सुन्ने ? त्यसरी कराएर छटपटाएको बोकालाई मन्दिरको परिसरका युवाहरुले पेटमा आफ्नो दातले टोक्न थाल्दछन । कसको टोकाइबाट बोकाको भुडी छेड्न सकिन्छ भन्ने होडबाजी चल्छ मन्दिरमा । जसले बोकाको भुडी छेड्छ अनि वीरताको कर्तलध्वनी बज्न थाल्छ त्यहा ।

वली प्रथाको बारेमा अध्ययन गर्दा नेपालमा भुरे टाकुरे शासकहरुकै पालामा लडाइ लडदा होस वा विजयप्राप्त गर्दा होस देवीकै शक्तिले जीत भएको मानी, कोट, मौला, हतियार र देवीको मूर्तिमा वली चढाउने परम्पराको थालनी भएको थियो । शाह वंशको इतिहास हेर्ने हो भने लमजुङका घलेराजालाई अपदस्त गराएर राजा कुलमण्डनसग उनको छोरा यशोब्रह्म शाहलाई मागी लमजुङको राजा बनाउदा वि.सं. १५५० मा कालिकाको मन्दिर बनाई रागा, बोका, भेडा, कुखुरा, हास, परेवा गरी १९ वटा पशुपंक्षिको वली चढाएर राजाले देवीसंग शक्ति मागेको इतिहास छ । शाह राजाहरुले पछिका दिनमा पनि ठाउ–ठाउमा देवी देवताका मन्दिर बनाउन लगाएर राज्यकै तर्फबाट पूजाआजा चलाउदै आएका थिए । अहिले समाजमा अहिंसावादहिरुले पशुवलीको विरोध गर्दै आए पनि राज्यले समेत यो वली प्रथालाई रोक्नेतर्फ लागेको छैन । दसै पर्वमा वली प्रथा रोक्नको सटटा झन मौलाउदै गएको छ ।

हाम्रा हरेक सस्कृति र पर्वहरु आर्थीक पक्षमा जोडिएको हुन्छ । आर्थीक हैसियत भएका बर्ग र बिपन्न बर्ग समेत हाम्रै समाजमा रहेका छौ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने बर्गले पनि ऋण धन जुटाएर यस्ता सास्कृतिक पर्वहरु मनाउदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासिखी र आडम्बरयुक्त दसैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अव पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने बिपन्न बर्गका मानिसहरुको अबस्था झनै दयनिय हुन जान्छ ।
मितिः – २०७९ साल असोज ४ गते दाङ

प्रतिक्रिया

प्रतिक्रिया