तस्करी रोकः नेपालगन्ज उद्योग वाणिज्य संघ

नेपालगन्जको बजार सुनसान भइरहँदा सीमापार बजार गुलजारको अवस्थाले चिन्तित स्थानीय व्यवसायीहरुले भन्सार नियमन र तस्करी नियन्त्रण माग गरेका छन् ।

उनीहरुले आफ्नो छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत बजार, व्यवसाय पर्वका बीच पनि उत्साहप्रद हुन नसेकको भन्दै उपभोक्ता सरासर सीमापार जाने र तस्करहरुले निर्वाध सामान विभिन्न जिल्ला पुर्याउने अवस्था रोक्न सम्बद्धहरुसँग माग गरेका हुन् ।

बजारको अवस्था चिन्ताजनक भएपछि तस्करी रोक्न माग गरेको उद्योग वाणिज्य संघले दसँैंको किनमेल स्वदेशमै गर्न सचेतना अभियान सुरु गर्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उपभोक्ता सचेतना अभियान सञ्चालन गर्ने भएको हो ।

सिमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकलाई लक्षित गरी नेपालगन्जमा उपभोक्ता सचेतना र अवैध आयात रोकथाम लगायतका अभियान सन्चालन गर्ने निर्णय गरिएको संघका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए । उनका अनुसार, नेपालीका चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन सीमा क्षेत्रमा उपभोक्तालाई पर्चा पम्प्लेटका साथ सचेतना गराइने भएको छ ।

नेपालगन्जमै गुणस्तरीय तथा सस्तो पाइने सामग्रीसमेत भारतीय बजारमा खरिद गर्न पुग्ने उपभोक्ताको धारणामा परिवर्तन ल्याउने गरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

दसैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगन्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

सिमापारी भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगन्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदाससिनताका कारण नेपालगन्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ताहित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए ।

‘गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो’, उनले भने, ‘नेपालगन्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक रहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया