पछिल्ला दिन नेपालगन्जमा जुम्ली स्याउले बजार पाएको छ । भारतीय स्याउ समेत आउने नेपालगन्जको फलफुल बजारमा अहिले जुम्लाको स्याउ पनि प्रशस्त देखिन थालेको छ ।

नेपालगन्जका ठेलामा तथा विभिन्न स्थानमा पसल थापेर मात्रै नभई बोकेर समेत घरघरमा पुगी स्याउ बिक्री गर्न थालिएको हो । घर, पसलमै स्याउ किन्ने भन्दै बिक्रेता पुग्ने गरेका छन् ।
जुम्लामा समयाअगावै स्याउ टिपेका कारण भदौ साउन अन्तिमतिर हरियो स्याउ समेत पाइएको थियो । जुम्लाको स्याउ किसानले बोटमा नपाक्दै व्यवसायीलाई स्याउ बिक्री गरिदिएपछि जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरेको थियो । यद्यपि स्याउको बिक्री भने रोकिएको थिएन ।
स्याउको बिक्री रोकेको जुम्ला स्थित कृषि विकास कार्यालयले भदौंको पहिलो सातादेखि खुला गरेको थियो । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, बुटवल र काठमाडौं लगायतका जिल्लामा बिक्री हुने गरेको छ ।
जुम्लामै किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु. ५० का दरले सम्म बेचेको स्याउ नेपालगन्ज बजारमा १ देखि १ सय २० रुपैयाँ प्रतिकेजी बिक्री भैरहेको छ ।










