बागेश्वरी मन्दिर परिसरमा अनाधिकृत निर्माण

अदालतको आदेशपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनाधिकृत निर्माण सुरु भएको छ ।

निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै हस्तक्षेप गर्न अनुरोध गरेको छ ।

समितिका तर्फबाट मंगलबार पत्रकार सम्मेलन गरी समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, नगर विकास समितिका पूर्व अध्यक्ष ललित रौनियार, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, अधिवक्ता विश्वजित तिवारी लगायतले अनाधिकृत निर्माण रोक्न र अदालतको आदेश अनुसार बाल उद्यान सुनिश्चित गर्न जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया