एक फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरिएको जनाएको छ ।
बाँके जिल्ला अदालतको जेठ २० गतेको फैसलाले लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएका जिल्ला बाँके कोहलपुर न.पा.११ बस्ने वर्ष ३२ का लोकेन्द्र भाटलाई शुक्रवार पक्राउ परेका हुन् । ‘हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी
टोली शुक्रवार निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको छ’ बाँके प्रहरीले भनेको छ ।










