
· वसन्त गौतम
कोरोना संक्रमण तिब्र भएका बेला भारतको रुपैडिया बजार जान छाडेका नेपाली उपभोक्ताहरु कोरोना संक्रमणदर कम भएसंगै हुलका हुल जान थालेका छन् । कोरोनाको उच्च संक्रमणका बेला स्वदेशमै बढेको खरिदारीले उत्साहित बनेका नेपालगंजका ब्यापारीहरु उपभोक्ताको अस्वाभाभिक रुपैडिया मोहले फेरी चिन्तित बन्न पुगेका हुन । ब्यापार बढ्ने आसले नेपालगंजका ब्यापारिले दोकानमा सामान भरे पनि चाडवाड नजिकिदै गर्दा समेत नेपालमा नभै सिमावर्ति भारतिय बजारमै नेपाली उपभोक्ताको भिडभाड बढ्न थालेको छ ।
सामान्य अवस्थामा सिमा पारीको भारतिय रुपैडिया बजार दिनभरि भिडभाड हुँदा वारीको नेपालगंज बजार सुनसार जस्तै हुने गरेको छ । दुईचार सयको चिनी, तेल नुन, कपडा किन्न पनि नेपाली उपभोक्ताहरु सिमा पारि दौडिने गरेका छन् । कारण खोज्दै जादा रुपैडिया बजार हिडेका धेरैले जवाफ दिन्छनर्् रुपैडिया बजार सस्तो छ । मुल्य फिक्स छ । चाहेको सामान छानी छानी किन्न पाइन्छ’ ।
दैनिक उपभोग्य खाद्यबस्तु लगायतका मालसामान खरिदका लागी नेपालगंजका मात्रै होईन लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रोल्पा, प्यूठान देखि ६ न कर्णाली प्रदेशका दुर्गम पहाडी जिल्ला सुर्खेत, दैलेख देखि सल्यान, रुकुम जिल्लाका दुर्गम क्षेत्रका नेपाली उपभोक्ताहरु भारतको रुपैडिया देखि लखनउसम्म पुग्ने गरेका हुन्छन् ।
दाल, चामल, चिनी जस्ता खाद्य बस्तुहरु, भारतमा उत्पादित सुतिका कपडा तुलनात्मक रुपमा नेपाली बजार भन्दा सिमा पारिको रुपैडियाको बजारमा केही सस्तो लागे पनि बस्तुको गुणस्तर र नापतौलका बारेमा कमै उपभोक्ताले ध्यान दिने गर्दछन । सस्तोको लोभमा तौली राखेको चिनी, दाल लगायतका खाद्य बस्तु खासै सोधिखोजी नगरि किन्छन् नेपाली उपभोक्ताले । सस्तो खाद्यबस्तुको लोभमा पर्दा कतिपय नेपाली उपभोक्ताहरु एकातिर मिसावटयुक्त सामानमा ठगिएका हुन्छन् भने कतिपय ब्यापारिले एक केजीमा झण्डै सय ग्रामसम्म कम तौलमा सामान बिक्रि गरि नेपाली उपभोक्ता ठग्ने गरेको पनि पाईएको छ । नेपालीलाई हेप्ने हिसावले बोल्ने, ठग्ने, लुल्लामखुल्ला लागु औषध बेच्ने भारतिय ब्यापारिहरुसंग नेपाली उपभोक्ताहरु सचेत हुन जरुरी छ ।
आखिर किन सिमा पारी जान्छन् त नेपाली उपभोक्ताहरु सिमा पारीको भारतिय बजारमा ? झट्ट भन्दा धेरैर्ले सस्तोमा सामान पाईने भन्ने जवाफ दिए पनि कारण अरु पनि रहेका छन् । नेपाली ब्यापारीको रुखो र अब्यशायिक ब्यवहारलाई पनि लिने गर्दछन् कतिपय उपभोक्ताहरु । उपभोक्ताको चाहाना अनुसार सामान देखाउन पनि झन्झट मान्ने, झर्कने र राम्रो ब्यवहार नगर्ने प्रबृत्ति पनि एउटा कारण रहेको कतिपय उपभोक्ताहरुको भनाई रहने गरेको छ । भारतिय ब्यापारीहरु एउटा सामान माग्दा अनेक थरि सामान देखाई नकिन्ने ग्राहकलाई पनि किनु किनु बनाउन खप्पिस हुन्छन् । राम्रो र गुणस्तरिय भन्दै ग्राहकलाई कन्भिन्स गर्नमा सिमा पारीका ब्यापारिहरु अलि बढीनै लागी परेका हुन्छन् ।
गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो । उपभोक्ताकोे बस्तु तथा सेवा छनौटको अधिकार छ भन्ने बारेमा अहिले पनि सबै उपभोक्ता सचेत भै सकेका पाईदैन । अझ सस्तोका नाममा भारतिय बजारमा दौडिने प्रबृत्तिले नेपाली उपभोक्ताहरु कतिपय अवस्थामा निम्न गुणस्तर र गुणस्तरहिन सामानमा ठगिने गरेको भए पनि यो कुरामा उनीहरु सचेत भएको पाईदैन । नेपाली ब्यापारिहरुले खाली उपभोक्ता भारतीय बजार गए भनेर गुनासो गर्ने मात्रै होईन कि, नेपाली उपभोक्ताहरु भारतिय बजार किन गए ? के गर्न सकेमा नेपाली उपभोक्तालाई नेपालमै रोक्न सकिन्छ ? गुणस्तरिय बस्तु र सेवा कसरी दिन सकिन्छ भन्ने बारेमा अध्ययन गरि कारण पत्ता लगाएर अगाडी बढ्न सकेमा नेपाली उपभोक्तालाई सिमा पारी जानबाट रोक्न सकिन्छ ।
कतिपय बहुराष्ट्रिय कम्पनीका सामानहरु भारतमा भन्दा नेपालमै सस्तो पाईन्छ । तर पनि भ्रमबस नेपाली उपभोक्ताहरु भारतमै पुग्ने गरेको पाईन्छ । लिभर लगायतका कतिय बहुराष्ट्रिय कम्पनीका सामान भारतमा भन्दा नेपालमै उचित मुल्यमा पाइन्छन् । प्लाष्टिक, स्टीलका सामान, मसला लगायतका सामानहरु भारतमा भन्दा नेपालमै गुणस्तरिय पाईन्छ । त्यस्तै भारतिय उत्पादन बाहेक तेश्रो मुलकबाट आयातित सामानहरु पनि भारतमा भन्दा नेपालमा सस्तो पाईन्छ । सबै सामान सस्तोमा पाईन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा परेकाले यसलाई चिर्न जरुरी छ । नेपालमा भन्दा भारतमा खाद्यबस्तु सस्तो पाईने, भन्सार छली चोरी निकासी गरेर सामान भित्राउने,भन्सार नतिरी सामान क्यारिङ्ग गरेर ल्याई बेच्नाले कानून सम्मत ब्यापार गर्ने ब्यवशायी मर्कामा पर्दा उनीहरु पनि प्रतिस्पर्धामा आउन नसकेर उनी दुई नम्बर बाटो अवलम्बन गर्ने प्रबित्ति पनि देखिएकाले नेपाली बजार बिग्रीएको हो । यस्ता गलत कुराका अन्त्यका लागी उपभोक्ता आफै जागरुक हुने, नेपाली ब्यवशायीले उपभोक्ता शिक्षा र सचेतनामा जोड दिने र वास्तविकता बुझाउने सक्रियता बढाउन पनि उत्तिकै जरुरी छ ।
सस्तोका लागी नेपाली उपभोक्ताहरु भारतिय बजार जादै गर्दा उपभोक्ताले कारोना संक्रमण बढ्ने, त्यहाँ जाँदा लाग्ने यातायात खर्च, बाटामा चेकजाँचका नाममा भोग्नु पर्ने हैरानी र लाग्ने दिनभरिको समयको बारेमा ध्यान दिएको पाईदैन । अहिलेको कोरोना संक्रमण पुनह फैलिरहेको अवस्थामा स्वास्थ्य समेतलाई मध्यनजर राखेर नेपाली उपभोक्ताले नेपाली बजार रोज्नु नै सबै हिसावले हितकर हुन्छ ।
सस्तोको नाममा एकाध सामान किन्न पनि भारतिय रुपैडिया बजार रोज्ने नेपाली उपभोक्ताहरु भाडा र ब्यतित भएको समयको मुल्यको हिसाव गर्ने हो भने त्यस्ता नेपाली उपभोक्तालाई नाफा भन्दा घाटा नै बढी हुन्छ । कोरोना संक्रमणको जोखिम फैलिएको बर्तमान अवस्थामा आफ्नै देशको ब्यापार ब्यवशाय बढाउने, नेपाली उत्पादनलाई प्रोत्साहन दिने र नेपाली बजारलाई सुधार्ने तर्फ सबै लाग्नु पर्दछ ।
यसका अलावा नेपाली उपभोक्तालाई सिमा पारि जान नदिई स्वदेशमै खरिदारी गर्ने वातावरण बनाउनका लागी नेपाली ब्यापारीहरुले गुणस्तरिय बस्तु तथा सेवा बिक्रि बितरण गर्नमा आवश्यक मात्रामा ध्यान पु¥याउनु पर्दछ । मुनाफाको नाममा जथाभावी कमसल खालका सामानहरु बिक्रि बितरण नगर्ने, म्याद नाघेका, लेवल नभएका सामान बिक्रि बितरण नगर्ने गर्नु पर्दछ । उल्लेखित कुराका साथै आफनो सेवालाई गुणस्तरिय र ब्यवस्थित बनाउने, उपभोक्ताको अधिकार र स्वास्थ्यमा पनि ध्यान दिएर ब्यापार ब्यवसाय गर्न सकेको खण्डमा सिमा वारिको नेपाली बजारको प्रबद्र्धनमा मद्धत पुग्न सक्दछ । यसका लागी ब्यवशायीहरुको हकहितका लागी स्थानिय उद्योग ब्यापार संघ खरो रुपमा उत्रनु पर्दछ । नेपाली ब्यापारिहरुले नेपाली उपभोक्तालाई नेपालमै सामान खरिदारी गर्ने वातावरण मिलाई सिमा पारी जानबाट रोक्न बस्तु तथा सेवाहरुको मुल्य निर्धारण गर्न नसक्दा नेपाली उपभोक्ताहरु सस्तोको भ्रममा परि सिमा पारी रुपैडिया लाग्ने गरेको पाईन्छ । दाल, चिनी, चामल, तरकारी जस्ता दैनिक उपभोग्य बस्तुमा भारत र नेपालगंजको बजारको मुल्य अन्तर फराकिलो देखिन्छ । यसमा नेपाली उपभोक्तालाई भारतिय बजार जानबाट रोक्नका लागी कम मारजिन राखेर नेपाली ब्यापारीहरुले त्यस्ता बस्तुहरुको बिक्रि बितरण गर्न सकेमा नेपाली उपभोक्तालाई भारत जानबाट रोक्न सकिन्छ ।
नेपालगंज शहर मध्य पश्चिमको प्रवेशद्धार मात्रै होईन । यो अद्योगिक नगरि पनि हो । ब्यापारिक टृष्टिकोणले यहाँ थुप्रै कलकारखाना र ब्यवशायहरु संचालिन छन् । तर यसको उचित प्रबृद्धन र समुचित बजार बिस्तार हुन सकिरहेको छैन । गुणस्तरिय बस्तु तथा सेवाको उत्पादन नेपालमै भएर पनि नेपाली उपभोक्ताले सस्तोका नाममा भारतिय उत्पादनको ज्यादा नै प्रयोग गर्ने प्रबृत्तिमा अव सुधार ल्याउनु पर्दछ । भन्सार छलि, अबैध रुपमा नेपाल भित्राईने भारतिय सामानहरु नेपाली बजारलाई गंभिर असर परिरहेको छ । भन्सारमा कडाई गरि यस्ता गलत कार्यको अन्त्य गरिनु पर्दछ । नेपालगंज उद्योग बाणिज्य सघले रणनीति नै बनाएर नेपाली उपभोक्तालाई नेपालमै खरिदारी गर्ने बतावरण मिलाई गुणस्तर बस्तु तथा सेवा प्रवाहमा काम गर्न जरुरी छ । यस कार्यमा सरकारी तवरबाट पनि समुचित सहयोग हुन उत्तिकै आवश्यक छ ।
उद्योग ब्यापार संघ भनेको गलत कुराको ठाकछोप गर्ने र गैर कानूनी रुपमा ब्यवशाय गर्नेलाई संरक्षण गर्ने सस्था होईन । त्यस्तो संघले त ब्यवशायिक हक हितका साथै आफ्नो संगठन भित्र रहेका गलत कामको सुधार गरि ब्यवशाहिक आचरण पालना र गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्न लगाउनु पनि उसको प्रमुख कार्य भित्र पर्दछ । यस सन्दर्भमा नेपालगंज उद्योग ब्यापार संघ लगायतका उद्योगी, ब्यापारीका ब्यवशायिक संघ संगठनहरुले आफ्नो संघ संगठनमा आवद्ध आफ्ना ब्यवशायीहरुबाट उपभोक्ता माझ के कस्तो बस्तु तथा सेवा प्रदान भैरहेको छ भन्ने बारेमा लेखाजोखा गर्ने, ब्यवशायिक आचरण पालन नगर्नेलाई गर्न लगाउने र उनीहरुको ब्यवशायिक दक्षता अभिबृद्धिका कार्यक्रमहरु संचालन गर्न सकेका नेपाली ब्यापार प्रबद्र्धनमा मद्धत पुग्न सक्दछ ।
उल्लेखित कुराहरुलाई मध्यनजर राख्दै नेपाली उद्योगी र ब्यवशायिहरुकले आफुमा रहेका कमी कमजारीको सुधार गर्दै आम उपभोक्ताको मनोभावना बुझि गुणस्तरिय बस्तु तथा सेवा प्रवाहमा ध्यान दिने र नेपाली उपभोक्ताले पनि कथित सस्तोका नाममा सिमा पारिको रुपैडिया दौडिने प्रबित्ति अन्त गर्नु पर्दछ ।
· लेखक गौतम उपभोक्ता अधिकारकर्मी हुन ।










