निर्वाचन अभियानमा एमाले:प्रशिक्षण दिंदै नेतृत्व

नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ । त्यसक्रममा आज मंगलवार बाँकेको खजुरामा पार्टी केन्द्रीय नेताहरुको सहभागितामा प्रशिक्षण दिन लागिएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।


पार्टी अध्यक्ष कक्षपतिका अनुसार, केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम राखिएको छ ।


नेकपा एमाले बाँकेको आइतवार बसेको सचिवालय बैठकले प्रदेश तथा क्षेत्रीय कमिटीको बैठक र जिल्लास्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको पार्टी अध्यक्ष कक्षपतिले जानकारी दिए । केन्द्रीय सदस्य, केन्द्रीय आयोग, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय विभाग सदस्य तथा प्रदेश विभाग सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्यूनिष्ट मञ्चका पदाधिकारी प्रशिक्षणमा सहभागी हुने अध्यक्ष कक्षपतिको भनाइ छ ।


एमाले बाँकेले तीन वटै क्षेत्रीय कमिटीको बैठक भदौ ५ गते , सबै प्रदेश क कमिटी बैठक भदौ ६ गते र सबै प्रदेश ख कमिटी बैठक भदौ ७ गते गर्ने, भदौ १ देखि १५ गतेसम्म वडा कमिटीहरुको बैठक, सदस्यता नविकरण,नयाँ सदस्यता वितरण, अखिल, अनेमसंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज र अनेकिसंघ, वडा कमिटीहरु गठन तथा बैठक गरिसक्ने र संगठन विभागले तयार गरि जारी गरेको संगठित सदस्यको परिवारिक विवरण भरी सक्ने लगायतका निर्णय गरेको जनाए छ ।

प्रतिक्रिया

प्रतिक्रिया