बीपी काँग्रेसका लागि, पुष्पलाल बामका ट्रेडमार्क मात्रै

आज बीपी कोइराला नेपाली काँग्रेसका लागि ट्रेडमार्क, पुष्पलाल सबै बामका ट्रेडमार्क मात्र रहे । आज न त उनको सिद्धान्त अनि सिद्धान्त प्रतिको निष्ठा काम लाग्यो न त देश प्रतिको समर्पण भाव । बाँकी छन् त केबल हरेक दलका पार्टी कार्यालयमा झुण्ड्याइएका धुलोले पुरिएका एक थान तिनका तस्बिर ।

 क) पृष्ठभूमि ः

बीपी कोइरालाले यो धर्ती छोडेको पनि ४० बर्ष पुगेछ । हेर्दा हेर्दै ४० बर्ष मै देशको आन बान र सान फुस्केको हेक्का थोरैलाई मात्र भयो । अधिकांशलाई हुन सकेन । देशको ईज्जत् अनि प्रतिष्ठा अझै कतिसम्म लिलामीमा चढ्ने हो कसैलाई चिन्ता र सरोकार भएजस्तो लेखकलाई लाग्दैन ।


अहिले बीपीलाई के कतिले सम्झिए ? वा भोलि के कतिले सम्झिएलान् ? त्यो कुरा इतिहासलाई नै छोडांै । किन भने, देशमा राजनीतिक बिचौलियाहरुको हालीमुहाली रहुँन्जेलसम्म देशलाई चिनेका, बुझेका, र देशको पीडाका कथा पढेका,दुख, कष्ट भोगेका र कष्ट आत्मसात गरेकाहरुलाई सम्झिने र उनको बिचारलाई पछ्याउने मानिसको संख्या नगण्य हुने निश्चित छ । किनभने यो सबै गराउन बिदेशी र गर्न हाम्रा नेता लागिपरेका छन् ।

त्यसैलेत आज आफ्नै टोलमा गणेशमानको भन्दा टोले दादाको चर्चा छ भने कृष्णप्रसाद भट्टराई त झनै ती दुई दिदी बैनिले सम्झिने पात्र मात्र बनाइए । हँुदा हँुदा गिरिजाप्रसाद पनि अब पारिबारिक नेतामा परिणत हुनेदिन धेरै पर छ जस्तो लेखकलाई लाग्दैन ।
अतः जबसम्म स्वाभिमानी,दुर्दर्शी,अनि देश प्रति प्रतिबद्ध नेपालीको पकड देशको शासब्यबस्थामा स्थापित हँुदैन त्यतिबेलासम्म देशको लागि भलो गर्ने र देशको प्रतिष्ठा अभिबृद्धिमा योगदान गर्ने हरेक राष्ट्रिय दल, तह र तप्काका ब्यक्तिहरुले सम्मान पाउने कुरामा बिस्वास गर्न सकिने अबस्था छैन ।

त्यसैले त एउटा कविले यस्तो लेखे होलान;
‘देशको लागि लड्ने मान्छे, शालिक भएछ,
देशद्रोही पो मेरो देशको मालिक भएछ ।’


मेरो बुझाइमा नेपाली ले सम्झिनुनै पर्ने केहि नामहरु मध्येको एउटा नाम हो बीपी कोइराला । हुन त, नजिकैबाट चिनेका वा सतही रुपमा चिनेका नेताहरुको साथमा खिचेका फोटाहरु कोठामा राखेर समाजमा आफुलाई पहुँच भएको ब्यक्ति साबित गर्ने केही धूर्त नेपालीहरुको संख्या पनि ठुलो छ ।

फोटा सजाउने कामलाई नै उनिहरुले प्राथमिकतामा राखेका हुन्छन् । तर, आचरण, नैतिकता र आत्मबलका हिसाबले ती कसैका हुँदैनन् र हुन पनि सक्दैनन् । यस्ता ब्यक्तिहरुको बाहुल्यता हरेक नेपाली राजनीतिक दल, पेसागत संघ, संगठन, परिषद आदिहरुमा ब्याप्त रहेको देखिन्छ ।

 ख) बीपी कोइरालालाई  पहिलो पटक भेट्दा ः
  न गर्न दिने न गरिखाने जमातबाट घेरिन पुगेका बीपी कोइरालालाई १९६९÷७१÷७२ को दशकताका समय समयमा  भेट्ने अबसर मैले पनि पाएँ ।  बनारस को बसाइमा धेरै पटक  उहाँलाई प्रत्यक्ष सुन्ने अबसर प्राप्त  मान्छे मध्येको एउटा म पनि थिएँ ।  त्यतिबेला  उहाँ  कम्युनिज्म प्रति घृणाभाव र  पंचायती ब्यबस्था प्रति आक्रोशित देखिनुहुन्थ्यो ।

यो भाव उहाँका प्रस्तुतिहरुमा देखिने गर्थ्यो । तर पनि उहाँमा भएको बिज्ञता अनि प्रस्तुतिमा देखिने स्प्रस्टताले गर्दा उहाँका अभिब्यक्तिहरु सुनौ सुनौ लाग्थ्यो । उहाँका टिप्पणीहरु समय सान्दर्भिक अनि बिस्वाशीला हुन्थे । म त्यतिबेला टिनेजर नै थिए । कक्षा ११ को बिज्ञान बिषयको छात्र । मेरो मनमा सुषुप्त अबस्थामा रहेको जान्ने, सुन्ने मान्छे बन्ने उत्सुकता अनि अरुको तुलनामा आफुलाई फरक ब्यक्ति स्थापित गर्ने चाहना थियो होला ।


यो सबै टिनेजरहरुको मनोबिज्ञान हो सायद । यहि मनोबिज्ञानले पनि होला म बीपी र पुष्पलाललाई भेट्न र उहाँहरुका भाषण सुन्न प्राय जाने गर्थेँ । यो छोटो साथ र संगतले होला सायद ममा कुनै बिषयबस्तुलाई हेर्ने, विश्लेषण गर्ने र आफैले दृष्टिकोण बनाउने क्षमता बिकास भयो । आजको दिनमा म ती दुः ख बुझेका र दुख कष्ट आत्मसात गरेका स्व. नेता द्वय बीपी र क. पुष्पलाल प्रति श्रद्धान्जलि ब्यक्त गर्दछु ।

 बीपीको  बहुआयामिक ब्यक्तित्व; साहित्यकार, निबन्धकार, प्रखरबक्ता, राजनीतिज्ञ, सरकार प्रमुख, अनि कुटनितिज्ञका हैसियतले  बिबिध कोणबाट धेरैले चर्चा र परिचर्चा गरिसकेका छन् । बीपीका समर्थक र त्यतिबेलाका बिरोधीहरु सबै ले आ– आफ्नै तरिकाले आफुलाई उपयुक्त  हुने गरि चर्चा गरेको भेटिन्छ । तर मैले चर्चा गर्न गैरहेको बिषय भनेको  उनको राजनीतिक,कुटनैतिक अनि राजनीतिक मुल्य र मान्यताको  ब्यक्तित्व हो ।
     ग) बीपी मेरो नजरमाः   

लेखकका बिचारमा बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन उतार चढाव,पार्टी भित्र खिचातानी, ब्यबस्थापनको समस्याले गर्दा तनाबग्रस्त अनि बिबादास्पद रह्यो । समग्रतामा भन्नुपर्दा उहाँको कार्यकाल केही क्षेत्रहरु ( कुटनैतिक ) बाहेक उहाका लागि उपलब्धिबिहीन रह्यो ।

बीपी आफैमा बिलक्षण ब्यक्तित्व हो । भाषा र बिषय माथिको पकड उहाँको खास बिसेसता रह्यो । त्यसका अतिरिक्त आर्थिक मामिलामा चुस्त र कार्यकर्तासंग सन्तुलित व्यवहारलेनै बीपीलाई महामानब बनायो । त्यसैले पनि उहाँमा समकालीन भारतीय र अन्य देशका नेताहरू सामु आफ्नो देशका कुरा निर्धक्कसंग राख्न सक्ने आँटिलो अनि स्वाभिमानी नेता हुनु भो ।

अन्ततः त्यहि स्वाभिमान अनि नेपाली हुनुको गर्वले काम गर्याे र बीपीलाई तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र भारतीय शासकहरु सामु राष्ट्रियतासँग सौदाबाजी गर्न रोक्यो । बिदेशीले दया गरेर उपलब्ध गराएको सुख सुबिधाका लागि बिदेशी भूमिमा सदैब हेपियर बस्नुभन्दा बरु पंचायती शासकबाट निर्धारण गरिएको मृत्युुदण्ड सजायको बेवास्ता गर्दै आफ्ना समर्थक सहित देश फर्न उत्प्रेरित गर्याे ।

किन भने देशको समग्र पक्षका जानकार कोइरालालाई देशको सार्वभौमिकता र राष्ट्रियता माथिको बिदेशी कुदृष्टि बुझ्न बेरभएन रत ‘राजा र आफ्नो घाँटी जोडिएको’ अभिब्यक्ति सार्बजनिक भयो ।


उनको यो अभिब्यक्तिले भारतीय शासकबर्गमा झनै निराशा छायो । परिणामस्वरूप नेपालमा स्थायित्व र बिकास भएको देख्न न चाहने बिश्वका केही शक्ति राष्ट्रहरु र भारतीय पक्षले यो वा त्यो बहानमा बहुदलीय पद्धतीले जनमतसंग्रहमा बिजय प्राप्त नगरोस् भन्ने हेतुले नेपालका राजनीतिक दलहरु भित्र दुई बिचार को बिजारोपण गरे – जनमत संग्रहमा भाग लिने /नलिने ) । जो आज पनि बिबिध नामबाट नेपाली राजनीतिमा कृयाशील छन् । ( यसबारे यो सानो आलेखमा चर्चा गरिन सम्भव छैन)


आज हरेक राजनीतिक दलको नेतृत्व बर्ग देशको मामिलामा संबेदनशील र चनाखो छैन । फलतः देश बिदेशीको क्रिडास्थल बन्ने दिशामा अग्रसर छ । यतिखेर राष्ट्रिय दलमा जे चिजको खाँचो थियो त्यो छैन । छत सिर्फ ब्यक्तिगत लाभका लागि जतिसक्यो देशलाई हानी पु¥याएर भए पनि बिदेशीलाई खुशी पार्ने कुरा ।

त्यसैले होला आज बीपी कोइराला नेपाली काँग्रेसका लागि ट्रेडमार्क, पुष्पलाल सबै बामका ट्रेडमार्क मात्र रहे । आज न त उनको सिद्धान्त अनि सिद्धान्त प्रतिको निष्ठा काम लाग्यो न त देश प्रतिको समर्पण भाव । बाँकी छन् त केबल हरेक दलका पार्टी कार्यालयमा झुण्ड्याइएका धुलोले पुरिएका एक थान तिनका तस्बिर ।

प्रतिक्रिया

प्रतिक्रिया