हुने भयो, नेपालगन्ज कोरा– २२

साइकल राइडरहरुका लागि खुशीको खबर छ । नेपालगन्जमा यसपटक पनि नेपालगन्ज कोरा आयोजना तयारी थालिएको छ ।


नेपालगन्ज साइक्लिङ क्लबले क्लबले कोरा साइकल च्यालेन्जलाई निरन्तरता दिंदै यय बर्ष ‘नेपालगन्ज कोरा–२०२२’ आयोजना गर्ने भएको हो । क्लब अध्यक्ष सतिश निरौलाका अनुसार, आगामी असार ३२ गते आयोजना हुने कोरा–२०२२ का लागि सचिव प्रदीप सापकोटा संयोजक रहेको ५ सदस्यीय उपसमिति समेत बनाइएको छ । ‘भव्यताका लागि कार्यक्रमको तयारीलाई तिब्रता दिएको छ,’ अध्यक्ष निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘ तयारी उपसमितिमा क्लबका सह सचिव कविराम बुढाथोकी, कोषाध्यक्ष राजेश गुप्ता र सदस्यहरु दिपक मल्ल र पंकजमान श्रेष्ठ सक्रिय छन् ।’


नेपालगन्ज साइक्लिङ स्थापना सङ्गै जिल्लामा साइकल संस्कृति प्रबर्द्धन र साइकललाई खेलका रूपमा स्थापित गर्न विविध कार्यक्रम गरिंदै आएको छ । ‘साइकल मार्फत पर्यटनमा योगदानसँगै सामाजिक गतिविधिमार्फत सामाजिक सद्भाव कायम राख्न विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं,’ अध्यक्ष निरौला भन्छन् ।


कोराको अर्थ परिक्रमा हो । ‘विभिन्न धार्मिक स्थलहरुको घडीको सुइको दिशामा परिक्रमा गरेर यो कार्यक्रम पुरा गरिनेछ,’ नेपालगन्ज उपमहानगरपालिका –२ मा रहेको बौद्ध गुम्बाबाट शुरु भै यसपटकको कोराले एकसय किलोमिटरसम्मको यात्रा रुट निर्धारण गरेको जानकारी दिंदै निरौलाले भने, ‘हामी बाँके जिल्लामा रहेका मठ मन्दिर, चैत्य गुम्बा, गुरुद्वारा, मस्जिद र चर्च लगायतका धार्मिक स्थलहरुको परिक्रमा गर्दै यात्रा पुरा गर्ने छौं ।’

नेपालगन्ज कोरा–२०२२ अन्तर्गत साइकल इभेन्टमा सहभागीले ३ क्याटोगिरिमा साइकल यात्रा गर्नेछन् । जसमा २५ किलोमिटर , ५० र एकसय किलोमिटरका रुट हुनेछन् ।


कोरालाई बिशेष रूपमा कुनै असल कामको लागी फन्ड रेजिङ्ग गर्दै ती अभियानमा सहयोग गर्ने समेत गरिदै आएको आयोजकको भनाइ छ । यस बर्षको कोरा साहसिक साइकल यात्री स्व.यमलाल रसाइलीको सम्मान र परिवारको सहयोगार्थ फन्डरेजको लागी गरिंदै छ । नेपालगन्ज साइक्लिङ क्लबले सहयोग र सहभागिताका लागि आव्हान गरेको अध्यक्ष निरौलाले बताए ।


तयारी समितिका संयोजक प्रदीप सापकोटाका अनुसार, नेपालगन्ज कोरा–२०२२ को सहभागिताका लागी अनलाइन रजिस्ट्रेसनमार्फत वा क्लबको सम्पर्क स्थलमा पुगेरैपनि फर्म भर्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया