सनातनको अपमानमा टिकेको धर्मनिरपेक्षता

नेपालमा धर्मनिरपेक्षतालाई निकै ठूलो क्रान्ति र आन्दोलनको उपलब्धिको रुपमा अर्थ लगाउनेहरुको कमी छैन । यो शब्दले यहाँका बहुसंख्यक जनताको मनमस्तिष्क देखि उनीहरुले मानेको र विश्वास गरेको आस्थामाथि नै गहिरो चोट पुर्याएको छ । यसैमा केहिलाई मजा आइरहेको छ । वास्तवमा धर्मनिरपेक्षता भन्ने शब्दको ठ्याक्कै मिल्दोजुल्दो मौलिक अर्थ नेपाली शब्दकोष मै भेटिँदैन । किन कि यो शब्द आयातित हो । सिन्की गुन्द्रुकको अन्य भाषामा अर्थापन गर्नू र धर्मनिरपेक्षताको नेपाली भाषामा अर्थापन गर्नू उस्तै हो । नेपालको सन्दर्भमा धर्मनिरपेक्ष भन्ने कुराको कुनै औचित्य नै छैन न त यसको आवश्यकता नै रहेको छ । यो शब्दले नेपाली शब्दार्थमा कुनै आशय बोक्नै सक्दैन । अँग्रेजीको ‘सेकुलर’ शब्दलाई हिन्दी भाषामा पंथनिरपेक्ष शब्दलाई धर्मनिरपेक्ष भन्ने अर्थ लगाइएको र नेपालमा पनि त्यसैको सिको गरेको मात्रै हो । नेपालमा यो शब्दार्थ नै सर्वदा गलत बैमानीपूर्ण र नियतवस ल्याइएको हो । यहाँ शदियौं देखि चलेका मूलकुल धर्मसँस्कृति र सभ्यतालाई नै नियोजित रुपमा गाली गर्ने र त्यो सभ्यतालाई मास्ने योजना अन्तर्गत नै धर्मनिरपेक्षता भन्ने शब्द प्रयोग गरिएको हो भन्ने थुप्रै आधारहरु छन् । नेपालको शासन व्यवस्थाको मूल किताब (संविधान) मा नै धर्मनिरपेक्षतालाई जोडेर राज्यस्तरबाटै नेपाली मौलिकतालाई गाली गर्ने कानूनी बाटो खोजिएको छ ।

अँग्रेजीको सेक्कुलर भन्ने शब्दको प्रयोग यूरोपबाट शुरु भएको हो । यूरोपमा धर्म र राज्यको बीच अधिकारको द्वन्द्व चल्दा यी दुईका सीमाहरु निर्धारण गर्नका लागि धर्म र राज्य अधिकारको पृथकीकरणको बाटो खोजियो । त्यसबेलायूरोपलाई चर्चले सञ्चालन गर्दथ्यो । त्यहाँका पोप र पादरीहरु नै र।ज्यका निर्णायक हुने गर्दथे । राजनीतिले राज्य सञ्चालन गर्ने चलन कमै थियो । धर्मको नाममा मानिसहरुलाई राज्यको नीतिबाट च्यूत राख्ने प्रचलन थियो । पोपको आदेश अन्तिम हुने हुँदा उ नै सबैको हर्ताधर्ता हुने गर्दथ्यो । आजपनि त्यो चर्चको आदेश कमनवेल्थ देशहरु अर्थात ब्रिटिश साम्राज्यका कतिपय उपनिवेशी देशहरुमा घुमाउरो पाराले चलेको पाइन्छ । यसैले त ब्रिटेन की महारानी आजपनि चर्चको संरक्षकको रुपमा रहेको पाइन्छ ।
हिमवतखण्ड भित्रका देशहरुमा कहिल्यैपनि धर्मको राजनीतिमाथि अधिपत्य भएन । यहाँ धर्म र राजनीतिलाई दुई अलगअलग पाटोबाट सँगसँगै लगिएको पाइन्छ । यहाँ राजनीतिको प्रमुख राजा नै हुन्थे भने धर्मनीतिको प्रमुख सधैं धर्मगुरुहरु, ऋषिमुनिहरु, पछिल्लो समयमा मठाधीशहरु ह्ुने गर्दथे । राजाले धर्मसत्तामाथि कुनै पनि किसिमको हस्तक्षेप गर्न पाउने वा गर्ने गरेको यसक्षेत्रका देशहरुमा थिएन । हाम्रो सनातनधर्म भित्र कहिँ कतै छैन । यस्तै धर्मसत्ताका गुरुहरुले कहिल्यै पनि राजसत्तामाथि हस्तक्षेप गर्ने वा राजाहरुबाट सत्ता खोसेर आफ्नो हातमा राख्ने र आफै सञ्चालन गर्ने गरेका दृष्टान्त पनि छैनन् । हाम्रा धर्मशास्त्रहरु वेद, उपनिषद्, मुन्धुम, त्रिपिटक आदिमा पनि धर्मसत्ताको काम कर्तव्यको बारेमा राजनीति भन्दा पृथक नै रहेको पाइन्छ ।

सनातनभित्र धर्मसत्ता हमेशा राजसत्ताभन्दा सम्मानित र पृथक नै रह्यो । राजधर्मबाट यदि राजनीतिले बाटो बिराउन खोज्यो भने धर्मसत्ताले उसको राजधर्मको बारेमा सावधान गराउने काम गर्दथ्यो । राजा बेनले राजधर्म पालना नगर्दा होस या चन्द्रगुप्त मौर्यलाई राजधर्म सिकाउन आर्चाय चाणक्यको भूमिका होस्, हामीकहाँ र हाम्रो पद्धतिमा धर्म र राजनीतिको घाल्लेघुल्ले भएको पाइँदैन । पछिल्ला राजाहरुको इतिहास हेर्ने हो भने पनि यहाँ कुनैपनि राजाले आफ्नो राजधर्म (राजनीति) भन्दा बाहिर गएर धर्मसत्ताको अधिकारमा हस्तक्षेप गरेको पाइँदैन । यसैले यहाँ यूरोपमा जस्तोधर्म र राजनीतिको बीचमा द्धन्द कहिल्यै भएन । राजनीतिले धर्मलाई संरक्षकको भूमिका निर्वाह गर्ने र धर्मले राजनीतिलाई राजधर्मको बारेमा सचेत गराउने कामले एक आपसमा समन्वयात्मक भूमिका निर्वाह गरिरह्यो ।

नेपाल एउटा यस्तो देश हो जहाँ संसारका जुनकुनै देश या त्यहाँका जातिहरुका बीच भएको द्धन्द कित्ताकाट र घृणवादको असर यो धर्मनिरपेक्षता भन्ने कुरा आउनुभन्दा पहिला कहिल्यै परेको थिएन । यहाँको मानवविकास, समाजिक संरचना, समाजिक साँस्कृतिक प्रचलन र सभ्यतागत विकासको लामो इतिहासमा कतैपनि कुनै एउटा जातिले वा एउटा साँस्कृतिक पक्षले अर्कोलाई मासेर आफ्नो सभ्यता र सँस्कृतिको विकास गरेको छैन । यहाँ ‘वसुधैव कुटुम्बकम्’ को वास्तविक अभ्यास भएको पाइन्छ । हरेक सँस्कृति र सभ्यताको सम्मानको परिणाम हो कि हजारौं बर्षदेखि आजपनि यहाँ साँस्कृतिक विविधता छ । बहुसाँस्कृतिक, बहुभाषिक बहुजातिय अभ्यास जिउँदो छ । यहाँ भएका सबै जातजातिका परम्पराहरु, साँस्कृतिक पहिचानहरु, चाडपर्वहरु सबै साझा भएका छन् । ढुङ्गा पुज्ने देखि पानीको मुहान पुज्नेसम्म, दूधको धारदिने देखि बलि चढाउनेसम्म, गण्डकीमा लास जलाउने देखि पहाडको टुप्पोमा लगेर लास गाड्नेसम्म, कन्यापूजन देखि भाइपूजन र स्वयंलाई पुज्नेसम्म, देउतालाई पुष्प अर्पन देखि अण्डा रक्सी अर्पन गर्नेसम्म, घरबाट निस्किँदा दहि शिरमा छर्केर साइत गर्ने देखि रक्सी छर्केर साइत गर्नेसम्म यी सबै कुरा साझा छन् । कसैलाई कसैको तौरतरिका माथि न त कहिल्यै आपत्ति भयो न कसैलाई कसैले कुनै तौर तरिका अपनाएकै कारण घृणा र तृरष्कार नै गर्यो । यस्तो बहुपद्धतिको हाम्रो सनातनको बगैँचामा भाँजो हाल्ने र यसमा तिक्तता घोलेर कित्ताकाट र घृणावादको चास्नी बनाउने अनि त्यहि चास्नीमा डुबेर अहंकार भर्ने काम आयातित धर्मनिरपेक्षतावादीहरुले नै गरिरहेका छन् ।

पछिल्लो समय नेपालमा अधिकारका कुरा निकै गरिएका छन् । विदेशी स्वार्थका अहंकार भरिएका आन्दोलनहरुलाई पनि अधिकारको आन्दोलनको भाष्य बनाइएको छ । आफ्नै अस्तित्व संकटमा पारेर गर्व गर्न सिकाइएको छ । आफ्ना मौलिक नामाकरणलाई बिनास गर्ने, परिवर्तन गर्ने काम गरिएको छ । आफ्नो मूलकुल धर्मसँस्कृति भाषा सभ्यतालाई जतिसक्यो बढि गालीगलौच गर्नेहरु नै क्रान्तिकारी, परिवर्तनकारी, अधिकारकर्मी, प्रगतिशील, सभ्य समाजको पात्र आदि इत्यादि भन्ने र त्यस्तालाई नै राज्य प्रायोजित ढुकुटीबाट पाल्ने सम्मान गर्ने कामहरु भएका छन् । धर्मनिरपेक्षता, विकास, या आधुनिकताका नाममा आफ्नो मौलिकता मास्ने धेरै कामहरु भएका छन् । बालबालिकाहरुमा शुरुदेखि नै नेपालीत्वप्रति घृणा गर्न सिकाउने शिक्षा पद्धति निर्माण गरिएको छ । शिक्षा र सँस्कृति मन्त्री नै नैतिकतायुक्त शिक्षा र आफ्नो भाषालाई गाली गर्छ, विदेशी धर्मसँस्कृति र भाषा सभ्यतालाई गुणस्तरीय शिक्षा मान्छ । सनातनका मानकहरु माथि नियोजित रुपमा अनवरत आक्रमण गरेर धर्मनिरपेक्षता सुरक्षित बनाउने ठान्छ ।

राज्य कहिल्यै निरपेक्ष हुनसक्दैन । न राजनीति नै निरपेक्ष हुनसक्छ । राज्यको धर्म राजधर्म हो । राजनीतिको धर्म जनसेवा हो । जुन भूगोलमा बसिएको वा राजनीति गर्न खोजिएको हो त्यहाँको मुलकुल धर्मसँस्ृकति भाषा सभ्यता र त्यहाँका जनताका मौलिकतालाई सम्मान गर्दै उनीहरुसँग सुखदुखमा आफुलाई उभ्याउनु राजनीतिक धर्म हो । यी धर्मको पालना गर्ने धर्मनिरपेक्ष कसरी हुनसक्छ ? उसले आफ्नो धर्म छोड्यो भने त्यस्तालाई धर्मछाडा भनिन्छ । धर्मछाडा राज्य र शासक भयो भने त्यो राज्यमा न त लोककल्याण हुन्छ न कर्तव्यपरायणता नै रहन्छ । कमोबेस नेपालमा अहिले भैरहेको पनि त्यहि हो । धर्मछाडाहरुको बाहुल्यता बढ्नु नै भ्रष्टाचार, अनैतिक क्रियाकलाप, अनुत्तरदायी राज्य र शासक, घरदेखि समाजसम्म द्धन्द कलेश, प्रकृतिको बिनास, नेपाल र नेपालीत्वको सर्वनासका कारण हो । नेपालमा यस्तै धर्मछाडाहरुमा कुनै पनि किसिमको न्युनतम राजधर्म र राजनीतिक धर्म नै कायम छैन । यसैलाई यिनीहरुले धर्मनिरपेक्षता भनेको हो भने ठिकै पनि होला ।
यी धर्मनिरपेक्ष भन्नेहरुको लावालस्कर चर्चमा हुने गरेको पाइन्छ । कसैको वीर्यमिश्रण भनिएको होलिवाइन पिउँदा स्र्वग पुगिने आशा र विश्वास यिनै धर्मनिरपेक्षतावादीहरुलाई छ । जाली टोपी लगाएर खजुर खाँन पुगेपछि जन्नतको ढोका खुल्ने विश्वास यिनै धर्मनिरपेक्षतावादीहरुमा छ । अनि सनातनलाई मात्रै गाली नगरी सनातन सँस्कृतिको खेदो नखनिकन यिनीहरुको धर्मनिरपेक्षता टिक्नै सक्दैन र सनातनलाई अपमान गरेरै यिनीहरुको धर्मनिरपेक्षता टिकेको छ किन नभन्ने ?
यो देशको मुलधार्मिक आस्थामाथि आक्रमण गर्दै पत्रिकामा ठूलाठूला विज्ञापन छापिन्छन् । टिभी सिरियलहरु र फिल्महरुमा बैमानहरु सनातनीहरु नै देखाइन्छन् । सानतनी पण्डित पूजारीहरुलाई रुद्राक्ष माला र पिताम्बरी ओढेर भट्टिमा रक्सी मासुसँग देखाउने दुक्ष्साहस गरिन्छ । सनातनी की छोरीबेटीलाई गैर सनातनीले बलात्कार गर्दा या बैमानीपूर्ण तरिकाले धर्मपरिवर्तन गराएर विवाह गर्दा अधिकार भनिन्छ भने गैर सनातनीको हकमा यस्तो भएमा गैरसनातनी माथि आक्रमण, अपमान, अन्याय भएको रोइलो गरिन्छ । अधिकारको दुहाइ दिइन्छ । न्यायको दोगलेपना यहि धर्मनिरपेक्षता भित्र कुटिकुटी भरिएको छ । सनातनीका पूजास्थल मन्दिर गुम्बा चैत्य, पाटी पौवा हरेक स्थानमा बेथिति देख्ने आँखा अरु कसैमा छैन यिनै धर्मनिरपेक्षतावादीहरुमा मात्रै छ । जुनदेशमा कुनै धामीझाँक्रीे, गुरुवा, लामा, पूजारी ले राजनीतिमा हस्तक्षेप गरेन । न कुनै पूजा पद्धति, कुनै साँस्कृतिक सभ्यता र बिरासतले राजनीतिमा कहिल्यै कुनै हस्तक्षेप गर्यो त्यहाँ धर्मनिरपेक्षताको आवश्यकता किन ? किन चाहियो यो धर्मनिरपेक्षता नेपालमा ? यसलाई हरेक नेपाली मूलकुल धर्मसँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतालाई माया गर्नेले छातीमा हात राखेर आफ्नो मुलकुल सम्झेर बुझ्न जरुरी छ । नेपाल आयातित धर्मसँस्कृतिको बिर्ता होइन र हुनपनि सक्दैन । नेपाल त‘सनातन धर्म सापेक्ष राष्ट्र’थियो र रहिरहने छ । ढुक्कसँग भन्न सकिन्छ कि सनातन र सनातनीलाई अपमान गर्नैका लागि भित्र्याइएको शब्द धर्मनिरपेक्षता हो । यसैको जगमा मात्रै धर्मनिरपेक्षतालाई अथ्र्याउने र टिकाउने काम भैरहेको प्रति सनातनी हूँ भन्नेहरुलाई न्यूनतम लज्जा त हुनुपर्ने होइन र ?

प्रतिक्रिया

प्रतिक्रिया