बाँके जिल्लामा ब्याडमिन्टनका नयाँ खेलाडी उत्पादनका लागि शुक्रबारबाट छात्र/छात्रा जुनियर ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबार औपचारिक कार्यक्रम बीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले प्रतियोगिताको शुभारम्भ गरे ।

आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा वक्ताहरुले ग्रासरुट बाटै खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए । प्रतियोगिता संयोजक अनिल लाखेका अनुसार, अण्डर १५ बाट प्राची पौडेल, आशा बुढा, स्नेहा श्रेष्ठ, जानकी साउद, कृति शाक्य, रिदिमा सिंह, जसमिन श्रेष्ठ र क्रिया शाक्य छात्रा तर्फ क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै छात्र तर्फ निश्चल थापा, अभिनव शाही, सागर राना, सुभाष साउद, शिखर नकर्मी, अभियान श्रेष्ठ, निरञ्जन यादव र निशान्त कार्की अण्डर १५ को क्वाटरफाइनलमा प्रवेश गरे ।
अण्डर १९ छात्र तर्फ शिव सुनार, दिपेश टमाटा, अरुण चौधरी, ताहिर शेष, सद्दाम शेष, दिपेश बर्मा र सचिन चौधरी क्वाटर फाइनलमा पुगेका छन् भने छात्रा तर्फ विपना थापा, आशा बुढा, कृति शाक्य, दिव्या शाही, सुष्मिता पौडेल, क्रिया शाक्य, जानकी साउद र प्राची पौडेल छन् ।










