बाँकेको कोहलपुर स्थित बागेश्वरी एकेडेमीले आफ्नो विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य तथा दुर्घटना बीमा गरेको छ । विद्यालयका अध्यक्ष किसन गुरुङ्गका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको बीमा सम्झौता गरिएको हो ।
आइतबार सिद्धार्थ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बिमल गौतम र विद्यालयका अध्यक्ष गुरुङ्ग बीच सम्झौता हस्ताक्षर गरिएको थियो । ‘हाम्रा १ हजार बढी विद्यार्थी र ७० जना शिक्षक, कर्मचारीको दुर्घटना तथा स्वास्थ्य बीमा गरिएको छ’, अध्यक्ष गुरुङ्गले विद्यार्थी, शिक्षक तथा कर्मचारी एउटै परिवारका सदस्य रहेकाले सबैलाई यसखालको निर्णय गरिएको बताए ।