नेपालगन्ज वडा नं. १८ मा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार दिपक कुमार बर्मा लोकप्रिय मत सहित वडाध्यक्ष निर्वाचित भएका छन् । उनले कुल खसेको मतको ५१ प्रतिशत मत ल्याएका छन् । २०७४ सालमा एमालेबाट वडाध्यक्ष निर्वाचित बर्माले वडामा गरेका कामका कारण लोकप्रिय मत पाउँदै विजयी भएको स्थानीय बताउँछन् ।
वडाध्यक्ष उम्मेदवार दिपक बर्माले खसेको ४४२४ मत मध्ये २२५६ मत ल्याएर विजयी भएका हुन् । उनी निकट रहेका नेपाली काँग्रेस वडाध्यक्ष पदका उम्मेदवार सानु बर्माले १४५५ मत ल्याएका थिए ।
सदस्यहरुमा दिग्बिजय ढुङ्गाना, आशा शाही, बलराम रैदास, कृष्णावती चमार विजयी भएका थिए ।
अहिलेसम्म आधिकारिक घोषणा भने गरिएको छैन ।










