नेपालगन्ज वडा नं. ७ मा प्रशान्त विजयी

माओवादीले जितेको वडामा एमालेको प्यानलै विजयी

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा नेकपा एमाले उम्मेदवार प्रशान्त श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । श्रेष्ठले ४७७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश कुमार नागले ३०१ मत प्राप्त गरे । वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार कलीम राईले २७९, जसपाका फिरोज खाँले २०५, राप्रपा उम्मेदवार हर्क बहादुर गुरुङ्गले २०४, नेकपा समाजवादीले ३३, राप्रपा नेपालले ४३ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा नेकपा एमालेका नुर मोहम्मद पठान ३६७, समिर खाँन ३५८, महिला सदस्यमा नेकपा एमालेकी चन्द्रकला गुरुङ्ग ३६६, कल्पना नेपाली ३७२ मत ल्याएर विजयी भएका छन् । वडामा एमालेको प्यानल नै विजयी भएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पराजित श्रेष्ठले ३११ मत ल्याएका थिए । २०७४ सालमा वडामा माओवादीबाट उम्मेदवार जमुन खाँ ४२६ मत सहित विजयी भएका थिए । वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया