नेपालगन्जमा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । शनिबार मतगणनाका सुरुदेखि अग्रता लिइरहेका प्रशान्तले त्यसपछिका वडाहरुमा अग्रता बढाउँदै लगेका छन् ।
नेपालगन्ज वडा नं.को मतपरिणाम आउँदै गर्दा जुनसुकै पार्टी वडामा विजयी हुँदा पनि प्रशान्तको मत अरु भन्दा बढी नै आउने गरेको पाइएको हो । उपप्रमुख गठबन्धनबाट उम्मेदवार कमरुद्दिन राई पनि फराकिलो मतान्तरले अग्रता हासिल गरिरहेका छन् ।
यो समाचार तयार गर्दा सम्म नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार विष्टले 10861 मत, निकट रहेका एमाले उम्मेदवार पशुपति दयाल मिश्रले 5518 मत, राप्रपाका नन्दलाल वैश्यले 4268 मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा उत्ता गठबन्धनबाट जसपाका उम्मेदवार कमरुद्दिन राईले 9050 मत, राप्रपा उम्मेदवार बिन्दु चर्तिमगरले 5519 मत, एमालेकी शान्ति ढकालले 5272 मत ल्याएका छन् ।
२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा ८१ हजार ७ सय ९४ मतदाता रहेकोमा ६१ हजार २ सय ५ मत खसेको थियो ।