डुडुवा ६ मा एमालेका मिश्र विजयी

बाँकेको डुडुवा गाउँपालिकाका वडा नं. ६ मा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार मोहनराम मिश्र विजयी भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडा नं. ६ मा मिश्र नै वडाध्यक्ष विजयी भएका थिए ।

विजयी मिश्रले ८६८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोरथलाल कुर्मीले ७ सय १५ मत प्राप्त गरे । वडा सदस्यमा पनि नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार राधेश्याम मुराउ, मदान अलि शेष, जवन्ती महाउत, मिरादेवी कोरी विजयी भएका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मिश्र मधेसी जनअधिकार फोरमबाट निर्वाचन लडेर वडाध्यक्ष विजयी भएका थिए । वडाध्यक्ष रहँदा नै उनी एमालेमा प्रवेश गरेका हुन् । २०७४ सालमा उनले ६ सय ७ मत ल्याएका थिए । उक्त समयमा डुडुवा ६ मा मधेसी जनअधिकार फोरमको प्यानल विजयी भएको थियो ।

डुडुवा गाउँपालिका १ मा भने नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । काँग्रेस उम्मेदवार पटेश्वर कुर्मी ८ सय ४२ मत सहित विजयी भएका हुन् । त्यहाँ एमालेका कृष्णगोपाल यादव ७ सय १ मत सहित दोस्रो बनेको छ । वडा सदस्यहरुमा नेपाली काँग्रेसका राम सागर लोनिया, ज्ञानेन्द्र कुमार चौधरी, सुष्मा यादव, कनिक तारा पासीन विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि डुडुवा गाउँपालिका १ बाट उनै पटेश्वर वडाध्यक्षमा ८ सय ६४ भोट सहित विजयी भएका थिए । वडा सदस्यमा पनि काँग्रेसको प्यानल नै २०७४ मा विजयी भएको थियो ।

२०७४ मा डुडुवा गाउँपालिकामा निकै कमजोर रहेको एमाले यसपटकको दुई वडामा एउटामा जित र अर्कोमा दोस्रो नम्बरमा रहेर संगठन बलियो बनाएको सन्देश दिएको छ । पालिका प्रमुख र उपप्रमुखमा पनि काँग्रेस उम्मेदवारको पछिपछि एमालेका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया