बाँकेमा ८१ वडा मध्ये ६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
जस अनुसार राप्तीसोनारी गाउँपालिकाको १ र ३ मा एमाले, नेपालगन्जको २३ र खजुरा १ मा काँग्रेस, नेपालगन्ज २२ मा जसपा र कोहलपुर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
नरैनापुरमा मत गणना रोकिएको छ भने अन्य पालिकामा मतगणना स्थलमा मतगणना जारी रहेको छ ।











