बाँकेमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । देशका विभिन्न ठाउँमा विवाद, झडपका समाचार आइरहँदा बाँकेमा कुनैपनि अप्रिय घटना भने भएन ।
सामान्य गुनासा र विवाद एक/दुई मतदान केन्द्रमा देखिएपनि अप्रिय घटना भने भएन ।
मतदान सकिएका ठाउँमा मतपत्र गणनास्थल पुर्याउने प्रक्रिया सुरु हुँदैछ ।