निर्वाचन पर्यवेक्षण गरिंदैे

राजनैतिक दल र उम्मेदवारलाई आचार संहिता पालना गर्न अनुरोध

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले स्थानीय तहको निर्वाचन प्रक्रियाको पर्यवेक्षण सुरु गरेको छ ।

नियोक लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतम, सचिव प्रभात कुमार ठकुरी, कोषाध्यक्ष बसन्त गौतम, सदस्यहरु बल बहादुर चन्द, जनक शर्मा, सिद्धराज पनेरु, राम सुहावन सोनकर लगायतको टोलीले नेपालगन्ज लगायत बिभिन्न स्थानीय तहको निर्वाचन प्रक्रिया बारे आईतवार पर्यवेक्षण गरेको छ ।

नियोकको पर्यवेक्षण टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिका, जानकारी र खजुरा लगायतका स्थानिय तहको निर्वाचन प्रक्रियाका बारेमा अनुगमन गरेको नियोक लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले जानकारी दिए । नियोकले निर्वाचन पूर्व र निर्वाचनको अवधी र निर्वाचन पश्चात मतगणनासम्म पनि पर्यबेक्षण गर्ने गौतमले बताए । दलहरुले आचार संहिता उल्लघंन गरि झण्डा ब्यानर राखेको बिषयमा नियोकले राजनैतिक र निर्वाचन आयोगलाई ध्यानाकषण गराई आचारसंहिता उल्लघंनका घटना रोक्न आग्रह गरेको थियो ।

नेपालगन्ज, जानकारी र खजुरामा निर्वाचनको राम्रो तयारी गरेको पाइएको नियोक प्रदेश कोषाध्यक्ष वसन्त गौतमले बताए । ती स्थानमा कर्मचारीहरु पुरा तयारीका साथ उम्मेदवारी दर्ताका लागी खटिएको र ३ बजे पछि राप्रपा जनमत लगायतका दलका उम्मेदवार र केहीले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन दर्ता गराएका पाइएको गौतमले बताए ।

यसैबीच आचारसंहिता उल्लघंन गरि नेपालगन्जमा झुण्डाइएका तुल, झण्डा र ब्यानरलाई निर्वाचन आयोगले प्रहरी प्रशासनको सहयोगमा हटाएको छ । आचार संहिता कार्यान्वयन गर्ने बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको कार्यक्रममा शनिवार १२ बजे भित्र सम्बन्धित दलले नहटाए आफैले हटाई दिने निर्णय गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नियोकका वसन्त गौतमले आचारसंहिता उल्लघंन हुने गरि नेपालगन्ज सहरका बिभिन्न क्षेत्रमा राखिएका तुल, झण्डा र ब्यानर राखेको बिषयमा ध्यानाकर्षण गराएका थिए । अधिकांश स्थानका तुल, झण्डा र ब्यानर हटाए पनि त्रिभुवन चोक लगायतका क्षेत्रमा एमाले, नेपाली काँग्रेस र राप्रपाका झण्डा र ब्यानर अझै देखिएको नियोकको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया