मानव बेचबिखनविरुद्धको अभियान: नेपाल–नाइजेरिया सिकाई आदानप्रदान

बालबालिका र महिला उत्पीडनको क्षेत्रमा कार्य गर्दा अपनाएका रणनिति, कार्य र त्यसको प्रभावकारीताबारे नेपाल र नाइजेरियामा रहेका गैरसरकारी संस्थाहरुबीच छलफल आयोजना गरिएको छ ।

ओपन युनिर्भरसिटी यूकेको नेतृत्वमा नेपाल, नाइजेरिया र युकेका प्रतिनिधिहरुबीच गरिएको कार्यक्रममा नेपालगन्जका सरोकारवालाहरु भर्चुअल प्रविधिमार्फत सहभागी भए ।


शान्ति पुनर्स्थापना गृह नेपालगन्जले गरेको समन्वयमा कार्यक्रममा पुगेका दुबै देशका अधिकारकर्मी देखि सरकारी निकायका प्रतिनिधिसम्मका सिकाइ आदानप्रदानमा सहभागी भए ।

बाँकेमा रहेका मानवबेचबिखन बिरुद्ध क्रियाशील संघसंस्थाको सहभागितामा नाइजेरिया र नेपालमा रहेका गैरसरकारी संस्थाहरुले मानव बेचबिखन बिरुद्ध आफनो आफनो कार्य अनुभव बिशेषता सम्बन्धित सरकारी निकाय नागरीक समाज निती निर्माता र पीडित स्वयमसंग काम गर्दाको सहजता, चुनौती सिकाइ बारे छलफल गरेका थिए ।

शान्ति पुनर्स्थापना गृह नेपालगन्जका कार्यक्रम संयोजक निर्मल सुबेदीका अनुसार, यस्ता छलफलले आगामी दिनमा रणनिती बनाउन तथा नियन्त्रण रोकथाममा सहजता ल्याउने विश्वास लिइएको छ ।


भर्चुअल कार्यक्रममा नेपालका तर्फबाट संस्थाका निर्देशक सुमन सापकोटाले आफनो धारणा राखेका थिए । सापकोटाले नेपाल– भारतका सुरक्षाकर्मीको सहयोगमा भएका मानवबेचविखन विरुद्धका अभियान तथा उद्दार प्रयासका अभ्यासबारे जानकारी दिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, मानव बेचविखनविरुद्ध क्रियाशील अधिवक्ता सुनिता शर्मा, शक्ति समुहकी निर्मला पौडेल, सानाहातहरुकी अम्बिका थापा लगायतको सहभागितामा भएको कार्यक्रममा महिला प्रहरीको अभावले पीडित महिला आफ्ना समस्या खुलेर राख्न नसकिरहेको अनुभव व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया