प्रजातन्त्र दिवसको अवसर पारेर नेपालगन्जको त्रिभुवन चोकमा त्रिभुवन राजाको शालिक पुनः स्थापित गरिएको छ ।
जनआन्दोलनका बेला त्रिभुवनको शालिक तोडफोड पछि हटाइएको थियो ।
‘नेपालगन्ज त्रिभुवन चौकमा प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र प्रेमी राजा त्रिभुवनको शालिक राष्ट्रबादी देशभक्त युवाहरुले राखेका हुन्’, राप्रपा नेता ऋषिराज देवकोटाले भने ।
यसअघि केही बर्ष अघि विरेन्द्र चोकमा पनि यसै गरी शालिक राखिएको थियो । उक्त शालिक मध्यरात प्रहरीले नियन्त्रणमा लिएर लुकाएको छ ।