खजुराले बनायो ‘ट्रस पुल’

मंगलवार खजुरा– ७ सिन्दुरे स्थित जेठी नालामा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले पुल शुभारम्भ गरे । खजुराले अघिल्लो वर्ष डी गाउँमा सोहीखाले ट्रस पुल सञ्चालनमा ल्याएको जनाएको छ ।


बाँकेको खजुरा गाउँपालिले यो वर्षपनि स्टील ट्रस पुल निर्माण गरेको छ । खजुरा– ७ सिन्दुरे स्थित जेठी नालामा निर्मित स्टील ट्रस पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार उदघाटन गरेका हुन् ।


लामो समय काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयहरुका खजुरा गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरेको हो । गत वर्ष खजुरा– ४ डी गाउँमा स्टील ट्रस पुल सञ्चालनमा ल्याएको खजुरा गाउँपालिकाले यो वर्ष तल्लो लुन्द्रीका स्थानीयका लागि जेठी नालामा ट्रस पुल सञ्चालनमा ल्याएको जनाएको छ ।


खजुरा गाउँपालिका योजना प्रमुखसमेत रहेका सूचना अधिकृत दिल बहादुर पौडेलले उपभोक्ता समितिमार्फत १६ लाख ४७ हजार २६४ रुपैयाँ ४६ पैसा र रिजवान इन्जिनियरिंग ११ लाख ८७ हजार ३४३ रुपैयाँँ गरि २८ लाख ३४ हजार ६०७ रुपैयाँ ४६ पैसा लागतमा पुल निर्माण भएको जानकारी दिए ।


वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खान, प्राविधिक शाखा इन्जिनियर लगायत स्थानीयको उदघाटन कार्यक्रममा सहभागिता रहेको पुल उद्घाटन कार्यक्रममा स्थानीयवासीले पुल बनेकोमा खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया