खजुरामा मध्यरातमा डकैती

३ तोला सुन, ३ मोबाइल, मोटरसाइकल र ३० हजार लुटियो

समाचारदाता

दैनिक नेपालगन्ज

बाँकेको खजुरा गाउँपालिकामा आइतबार मध्यराती डकैती भएको छ । खजुरा गाउँपालिका वडान ४ डी गाउँका हरिबहादुर सुनार सहितको उनको परिवारलाई बन्धक बनाएर हतियारधारी समूहले सम्पत्ति लुटेको हो ।

हतियार सहित रहेका डाँकाहरुले सुनार परिवारलाई नियन्त्रणमा लिएपछि हातखुट्टा बाँधेर घरमा लुटपाट गरेका थिए । बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले घटनालाई गम्भीरतापूर्वक लिएर खोततलास भैरहेको बताएको बताए । बर्दियामा पनि यसै खालको घटना भएको पाएको उल्लेख गर्दै खोजतलासका लागि व्यापक रुपमा प्रहरी परिचालन गरेको जानकारी दिएका छन् ।

‘३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ३० हजार लुटपाट गरेको प्रारम्भिक विवरण आएको छ’, प्रहरी प्रवक्ता न्यौपानेले भने । बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया