जनगणना २०७८: बाँकेको जनसंख्या वृद्धिदर उच्च

हिमाल गैरे


मुलुककै जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षयताकै कम भइरहँदा बाँके भने फरक अवस्थामा देखिएको छ । जनगणना – २०७८ को प्रारम्भिक नतिजा अनुसार, बाँके जिल्ला नेपालमा जनसंख्या वृद्धिदर भएका जिल्लामा परेको हो । नेपालको समग्र जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ जुन बाँके जिल्लामा १.९७ प्रतिशत रहेको नतिजामा उल्लेख छ ।


भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला सबैभन्दा धेरै जनसंख्या वद्धिदर रहेको जिल्लामा परेका छन् । सबैभन्दा बढी जनसंख्या वृद्धिदर रहेको भक्तपुरको वार्षिक जनसंख्या वृद्धिदर ३.३२ रहेको छ । भने क्रमशः रुपन्देहीको २.३० र चितवन २.१० रहेको छ ।

जनसंख्या विषयका जानकार नारायण बेल्वासेका अनुसार जनसंख्या दर पछिल्लो ८० वर्षको नै न्युन हुनु त्यति राम्रो संकेत होइन । नेपालमा वार्षिक जनसंख्या वृद्धिदर २००९÷११ मा मात्रै २.७३ प्रतिशत रहेको थियो भने २०६८ मा १.३५ प्रतिशत रहेको थियो ।


राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बाँके जिल्लाको कुल जनसंख्या ६ लाख १ हजार ६ सय ६६ पुगेको छ । जुन अघिल्लो राष्ट्रिय जनगणना २०६८ मा ४ लाख ९१ हजार ३ सय १३ थियो । गाउँपालिकातर्फ भने सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँकेकै बैजनाथ, राप्तीसोनारी र खजुरा परेका छन् । बाँकी दुई रुपन्देही र र कपिलवस्तुका दुई पालिका छन् ।


बाँकेमा सबैभन्दा बढी जनसंख्या नेपालगन्ज उपमहानगरपालिकामा छ । जहाँ १ लाख ६६ हजार २ सय ५८ जनसंख्या रहेको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा ४३ हजार ३९ रहेको छ ।

सबैभन्दा धेरै जनसंख्या भएकोे बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबै भन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूिम गाउँपालिकामा ४४२ रहेको छ । १० हजार भन्दाकम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दाबढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ रहेको तथ्यांकमा उल्लेख छ ।


तर, जनघनत्वभने प्रतिवर्ष बढ्दै आएको अर्थात जनघनत्व १९८ (जनसंख्याप्रतिवर्ग किलोमिटर) रहेको हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ । ‘अहिले जिल्लाभित्रै पनि आन्तरिक बसाईसराई बढेको छ, गाँउबाटशहर छिर्ने प्रवृति वा संस्कार जस्तै बनेकाले पनि गाउँ रित्तिने र शहर भरिने दरले नगरपालिका र गाउँपालिकाको जनसंख्या फरक देखिएको हो’ – जनसंख्या विषयका जानकार नारायण बेल्वासेले दैनिक नेपालगन्जसँग भने ।

३ करोड जनसंख्याको अनुमान गरिएको भएतापनि सो नपुग्नुमा विदेशिएका नेपाली नागरिकको तथ्यांक समावेश नहुनुले पनि फरक परेको बेल्वासेको तर्क छ । १० वर्ष अघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकोमा यस पटक ०.९३ प्रतिशतमा झरेको छ । यो जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम रहनुले सोचनीय विषय रहेको विज्ञहरुको भनाइ छ ।

नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख

प्रतिक्रिया

प्रतिक्रिया