उर्लदो अवस्थामा कोरोना

श्रोतः जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँके

हिमाल गैरे

बाँकेमा पछिल्लो १५ दिनको संक्रमण दर उकालो लाग्दै गरेको छ । गत पुस २० गते बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ३ जना मात्रै थियो जुन क्रमश उकालो लाग्ने क्रममा छ । माघ ४ गते सम्म आईपुग्दा, एकैदिन ५१ जना संक्रमित भेटीदा कुल संक्रमित संख्या ३ सय ५४ रहेका छन् । जसमध्ये २ सय ४२ बाँके जिल्लाका मात्रै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँके जिल्लाका पिसिआर ल्याबबाट जम्मा १ हजार १ सय ३ जनाको परिक्षण गरिएको छ । जसमा ३२ प्रतिशत संक्रमित भेटिनुले राम्रो संकेत नगरेको जनस्वास्थ्य विद्हरुको भनाई छ । यसले भाईरस समुदाय स्तरमा पुगेको संकेत गरेको छ । जनस्वास्थ्यविद्हरुका अनुुुसार संक्रमण दर ५ प्रतिशत भन्दा बढी हुनु जोखिम मानिन्छ । यसको आँकडा हेर्ने हो र परिक्षणको दायरा बढाएमा संक्रमण दर बढ्ने निश्चीत प्राय हो ।
जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकपर्सन तेज वलीका अनुसार जाडोको महिनामा सहज अवस्था नहुँदा पनि संक्रमणको दर बढी हुनुले आगामी दिनमा संक्रमण दर बढ्ने बताउँछन् ।

‘बाँकेमा मात्रै नभई नेपालमा नै केशहरु बढी रहेको सन्दर्भमा नेपालगन्जमा तेश्रो लहर शुरुवात भयो भन्न मिल्ने अवस्था रहेको छ ।’ वलीको भनाई छ । ओमिक्रोन भाइरसको फैलिने दर बढी भएकाले जनसाधरणहरु लगायत सबै सर्तक र सावधानीपुर्वक व्यवहार सुधार्नुपर्ने उनको सुझाव छ । खेलाची गरी स्वास्थ्य मापदण्डको पालना नगर्नुले अवस्था जटिलता तर्फ उन्मुख गरेको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टविरेन्द्र बहादुर चन्दका अनुसार पहिलेको तुलनामा अस्पतालमा भर्ना हुने केश बढ्दै गएको बताउँछन् । लक्षण सहितका बिरामी भर्ना हुने क्रम बढेको उनले बताए । ‘हामी रेडजोन उन्मुख छौं त्यसकारणलेहामी पुर्व तयारी लागिसकेका छौं ’ उनले भने ।
‘नर्सिङ जनशक्तिको अभाव हुने अवस्था रहेको छ त्यसैले हामी जनशक्ति अभाव समेत नहोस भन्नका लागि विज्ञापन प्रक्रिया समेत अगाडी बढाएका छौं’ डा. चन्दले दैनिक नेपालगन्जलाई बनाए ।
खुल्ला सिमानाका कारण अझै पनि सहज आवत जावत भएकाले संक्रमण संख्या बढ्दै जाने तर्फ सचेत गराउँदै उनले सीमामा केही फरक रणनिती अपनाउनुका साथै खोप अभियानलाई थप प्रभावकारी बनाउन सुझाए । यद्यपी रुपैडिहा नाकामा स्वास्थ्यकर्मी र प्रहरी सहितको डेस्क राखिएको भए पनि प्रभावकारी भएको छैन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणा हामी जटिल अवस्था आए पनि आफ्नो तर्फबाट तयारी अवस्थामा रहेको बताए । ‘सीमामा हामीले हेल्थ डेस्क खडा गरी, लाईन लगाएर सबैको चेक गर्ने काम भैरहेको छ । आइशोलेशन केन्द्रबाट सेवा शुरु भैसकेको छ भने सीमामा टाइट भए पनि संक्रमणको लहर देशव्यापी नै छ ।’ नगर प्रमुख डा. थापाको भनाई छ ।


जिल्ला प्रशासन कार्यालय, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी. आफुहरु नेपाल सरकारले जारी गरेको ३६ बुँदे आदेशको पुर्णतः पालनाको अवस्थामा रहेको बताए । ‘माघ ७ गते देखि खोपकार्डलाई अनिवार्य गरे संगै खोप अभियानलाई तीव्रताका साथ बढाइएको छ ।’ प्रजिअ केसीले थपें ‘तत्कालको अवस्थामा लकडाउन बारे केही सोंच नभएता यो लहर समुदाय स्तरमा पुगिसकेको अवस्था रहन नदिनका निम्ती सबै सरोकारवाला निकायले सचेत र स्वास्थ्य मापदण्ड अबलम्वन गर्न अनुरोध गरेका छौं ।’

स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप कोभिड १९ विरुद्ध खोपको कभरेज नियमित रुपमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरेन्द्रजंग शाहका अनुसार जारी खोपको अवस्था विश्लेषण गर्ने हो भने ८२ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ५६ प्रतिशतले दोश्रो डोज समेत लगाएका छन् ।

तेश्रो लहर आएको भए पनि पहिलेको जस्तो लक्षण धेरै नदेखिएकाले सचेत हुनुपर्ने अवस्था रहेको छ । भ्याक्सिन नलगाउनु भएकाले खोप लगाउनलाई जोड दिनुपर्नेमा उहाँले सुझाव दिनुभयो । यो भाइरस संक्रामक बढी भए पनि जटिलता र प्रभाव भने कम रहेको उनले बताए ।


बाँकेमा कोभिडको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
खासमा नेपाल सरकारले एउटा आदेश जारी गरेको छ, ३६ बुंदे । त्यसमा स्थानीय तह, होटल, रेष्टुरेन्ट, व्यवसायीले पालना गर्नुपर्ने कुरा उल्लेख छ । त्यसमा उल्लेख भएका आदेशलाई अक्षरंश पालना गराउनका लागि सरोकारवाला निकायलाई हिजो डिसिसिएमसीको बैठक गराएका छौं । आदेशको पूर्ण कार्यान्वयन गर्ने कुरा छ ।सीमा नाकामा हामीले एन्टिजेट परीक्षणको कामहरु पनि गरिरहेका छौं । पोजेटिभ फेला परेकालाई क्वारिन्टलाई राख्ने, अन्य जिल्लाकालाई सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था पनि गरेका छौं ।
त्यसैगरी, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने निर्णय छ । किनभने सबै सेवाग्राहीले पनि खोप कार्ड प्रयोग गर्ने, अन्य क्षेत्रमा पनि खोप कार्ड अनिवार्य गरेको छ । त्यस कार्यका लागि भ्याक्सिनेसको कामलाई पनि स्थानीय तह मार्फत ब्यापक बनाउने काम भैरहेको छ । भ्याक्सिन नियमित लगाउने काम पनि भैरहेको छ । बाँकेमा बुष्टर डोज लगाउने कार्य पनि सुरु भएको छ ।कोरोनासँग सम्बन्धित गर्नुपर्ने सबै काम हामीले गरिरहेको स्थिति छ ।

देशभर संक्रमित संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा कोभिड रोकथाम र प्रतिकार्यका निम्ती बाँके जिल्लाको रणनीति के हो ?
रोकथाम र प्रतिकार्यको काम हामी पहिलेदेखि नै गरिरहेका छौं । स्थानीय तहलाई पनि जिम्मेवार बनाएका छौं । स्थानीय तहबाट पनि सर्पोर्ट छ । नियमन पनि प्रभावकारी रुपमा अगाडि बढाएको स्थिति छ । डीसीसीएमसीको मिटिङ्ग गर्दै गर्दा सबै सरोकारवाला निकाय जस्तो, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र लगायत सबैलाई बोलाएर यो भन्दा बढी तदारुखताका साथ नियमन गर्ने भनेका छौं ।
अहिले समुदायमा पुगिसकेको हो कि जस्तो स्थिति लाग्छ । त्यसलाई पनि नियन्त्रण गर्न स्थानीय तह मार्फत परिचालन गर्नुपर्ने हुन्छ । पछिल्लो समय संक्रमण दर बढ्दो छ भनेर महसुस गरेर पनि हामीले नियन्त्रण र व्यवस्थापन गर्नका लागि सबै सरोकारवालासँग छलफल गरेका छौं, तदारुखताका साथ लागेको अवस्था छ ।

खुल्ला सीमाले झन् जोखिम बढाएको बुझिन्छ, त्यसैले सीमा बन्दको केही निर्देशन छ ?
सीमा बन्द गर्ने कुरा छैन । हामीले निर्णय गरिसकेका छौैं, अत्यावश्यक काम बाहेक भारतको सीमावर्ती बजार रुपैडिहा जाने कुरालाई पनि कन्ट्रोल गर्ने कुरा छ । त्यस्तै, सीमा नाका अत्यावश्यक काम बाहेक व्यवस्थित गर्ने कुरा छ, त्यही अनुसार हामी अगाडि बढेका छौं ।

लकडाउनको सम्भावना नि ?
अहिले तत्काल त्यो सम्भावना देखिंदैन । पछिको कुरा पछि होला । माघ १५ गतेसम्म सिनेमा हल, हेल्थ क्लब, दोहोरा घर, जिम्स, स्वीमिङ्ग क्लब तथा त्यस्तै ठूला सभा माघ मसान्तसम्म त्यो बन्द गरिएको स्थिति छ । आदेश अनुसार फलोअप गरिएका छौं ।
हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने कुरा पालना गर्नुपर्दछ । आम जनमानसले पनि सचेतना अपनाउनु पर्दछ । आफु सुरक्षित हुने कुरालाई पालना गर्नुपर्दछ ।


भेरी अस्पतालमा कोभिड संक्रमितको अवस्था कस्तो छ ?
कोभिड संक्रमितको अवस्था पहिला भन्दा बढेको छ । पहिला ४ जना जतिमा झरेको थियो । पहिला एउटा मात्रै (हल ए) प्रयोग गरेका थियौं । अहिले आएर हल ए को १७ बेड फुल भैसकेको छ । ५ जना जति अरु हुनुहुन्छ । यतापट्टि हेयरमा बस्ने पेसेन्ट पनि हुनुहुन्छ । पहिलाको तुलनामा बढ्दै गरेको छ ।सम्भावित बिरामी बढ्न सक्ने अवस्थालाई लिएर अस्पतालको के रणनीति हेयरमा बस्ने पेसेन्ट पनि हुनुहुन्छ । पहिलाको तुलनामा बढ्दै गरेको छ ।

सम्भावित बिरामी बढ्न सक्ने अवस्थालाई लिएर अस्पतालको के रणनीति छ ?
कोरोनाका सिरियस बिरामीका लागि अक्सिजन आवश्यक पर्छ । अक्सिजन त छ हामीसँग । लिक्विड अक्सिजन पनि राखेका छौं । अक्सिजन सिलिण्डर पनि सबै भरेर राखेका छौं । हामीलाई नर्सिङ्ग जनशक्तिको चाहीँ समस्या पर्न सक्छ । किनभने पहिलेको ६० जनशक्ति कटौती भैसकेको छ । मन्त्रालयको पनि अब २० जना हुनुहुन्छ, तर हामी थप जनशक्ति लिन्छौं ।


सम्भावित लहर र सो अवस्थाको प्रतिकार्यका निम्ती अस्पतालका रणनीतिहरु बनाएको छ ?
भौतिक संरचनाको चाहीँ समस्या भएन । जति आइरहेका छन् त्यसको व्यवस्थापन गर्न सक्ने हो । नर्सिङ्ग केयरको समस्या आउन सक्छ । मेन नर्सिङ्ग केयर नै हो, डाक्टर आउनुहुन्छ, नर्सलाई यो यो गर्ने भनेर निर्देश गर्नुहुन्छ । त्यो रेसियोमा हामी दिन सक्ने अवस्था छैन, धेरै केस बढ्यो भने । हामीले विज्ञापन गरिरहेका छौं, त्यो भयो भने व्यवस्थापन हुन्छ होला ।


सीमावर्ती क्षेत्रमा तीव्र रुपमा संक्रमणको दर बढेकाले यहाँ कस्तो छ सम्भावना ? फरक रणनीति के हुन सक्छ ?
सीमावर्ती क्षेत्रमा कोभिड संक्रमण बढेको छ । सीमाबाट पहिलो दिन ११ जना आउनु भयो, दोस्रो दिन ८ जना भयो । लक्षण विनाकालाई बाल मन्दिरको आइसोलेसनमा पठाउने गरेका छौं । अहिले लक्षण सहितकालाई भेरी अस्पताल र लक्षण विनाकालाई बाल मन्दिरमा राख्ने कुरा भएको छ । त्यसले गर्दा त्यति चाप बढेको छैन । तर, संक्रमणदर बढेको नै छ ।सबैभन्दा हाम्रा लागि चुनौति खुला सीमा हो । हाम्रो नीतिले अहिले पनि आउन पनि दिने र जान पनि दिने स्थिति छ । त्यसलाई हामीले कन्ट्रोल गर्न सकेका छैनौं । भ्याक्सिनेटेहरुलाई मात्रैलाई ओहोरदोहार गर्न दिने कि अरुलाई पनि दिने नियमन गर्नुपर्ला ! अलिकति कन्ट्रोल गर्नलाई । भ्याक्सिनेटलाई ध्यान दिनुपर्दछ ।अस्पतालले पहिला पनि थेगेको हो, अहिले पनि थेग्छ ।

प्रतिक्रिया

प्रतिक्रिया