बैजनाथ गाउँपालिकाका वडाध्यक्ष सहित चार जना ब्राउनसुगर सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार, ३ सय ९० मिलिग्राम ब्राउन सुगर सहित वडा नं. ३ का वडाध्यक्ष रामचरण थारु सहित चार जना पक्राउ परेका हुन् ।
‘लागुऔषध सेवन गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो’, इलाका प्रहरी कार्यालय कोहलपुले भनेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालले वडाध्यक्ष सहित चार जना लागुऔषध सहित समातिएको पुष्टि गरेका छन् । ‘पक्राउ परेका सबैलाई कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउँछौं’, उनले भने ।
लागुऔषध नियन्त्रणमा खटिनु पर्ने जनप्रतिनिधि नै लागुऔषध सहित पक्राउ परेपछि आलोचना भएको छ । ‘नियन्त्रणमा लाग्नुपर्ने जिम्मेवार व्यक्तिनै कुलतमा पायौं’, एक प्रहरी अधिकारीले दैनिक नेपालगन्जसँग भने ।