बाँके जिल्ला क्रिकेट संघ (क्यान) मा सरोवर प्रसाई नेतृत्वमा सर्वसम्मत भएका छन् । प्रसाईको अध्यक्षतामा शनिबार सर्वसम्मत भएको क्यान बाँकेमा सुफिया खान उपाध्यक्ष, बिक्रम श्रेष्ठ सचिव र राजेन्द्र मानन्धर कोषाध्यक्ष छन् ।

क्यानको सदस्यहरुमा सञ्जयराज सिंह, दुर्ग बहादुर थापा मगर, सुनिल सिंह हमाल, मन मोहन लम्साल, इरफान खान, इरफान शैय्यद, मञ्जुल भट्टराई, मेराज अन्सारी, टिपी न्यौपाने र इनामुद्दिन हलवाई छन् ।
‘अधिकतम प्रतियोगिताहरुको आयोजना गरेर संघलाई अनुशासित बनाउँदै लैजाने मेरो ध्येय रहन्छ’, अध्यक्ष पद सम्हाल्दै प्रसाईले दैनिक नेपालगन्जसँग भने, ‘छिट्टै अन्तरजिल्ला प्रतियोगिता आयोजना गर्ने र संघलाई भवन बनाउने योजनामा काम हुनेछ ।’