बाँकेको राप्तीसोनारी ४ मा बाघले एक महिलालाई आक्रमण गर्दा मृत्यु भएको छ । घाँस काट्न अन्य दुई महिलासँगै जंगल गएकी ५२ बर्षीया महिलाको बाघले आक्रमण गरी लगेको हो ।
प्रहरी, स्थानीयबासीले महिलालाई खोज्दै जाँदा उनको शव फेला परेको हो । मानिसको हुल देख्दा पनि बाघले मृतक महिलालाई नछाडेपछि प्रहरीले बाघ धपाउन दुई राउण्ड गोली समेत चलाएको छ ।
पछिल्ला दिन राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वनमा बाघको चहलपहल निकै बढेको छ । जसले गर्दा स्थानीयबासी त्रसित छन् ।