एमाले नेता धितालले गरे राजनीतिक सन्यासको घोषणा

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले राजनीतिक सन्यासको घोषणा गरेका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशनमा एमालेबाट केन्द्रीय सदस्यमा निर्वाचितहरु प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उपसचिव धितालले ‘राजनीतिक सन्यास’ को घोषणा गरेका हुन् ।

‘म अब राजनीति गर्दिन’, २०४० सालदेखि सक्रिय राजनीतिमा लागेका युवा नेता धितालले फरक पार्टीमा लाग्न खोजेको हो कि भन्ने दैनिक नेपालगन्जको प्रश्नमा भने, ‘अब एमाले नरहने निधो गरे, राजनीति छाडेर व्यापारी मात्रै रहन्छु ।’ समाजवादीमा जान खोजेको हो ? धितालको जवाफ थियो ‘होइन, अब राजनीतिनै गर्दिन, म स्वतन्त्र रहेर व्यापार गर्छु ।’

‘म अब राजनीति गर्दिन’, २०४० सालदेखि सक्रिय राजनीतिमा लागेका युवा नेता धितालले फरक पार्टीमा लाग्न खोजेको हो कि भन्ने दैनिक नेपालगन्जको प्रश्नमा भने, ‘अब एमाले नरहने निधो गरें, राजनीति छाडेर व्यापारी मात्रै रहन्छु ।’

यातायात व्यवसायमा संलग्न उनी रंग (पेन्ट) टे«डिङ गर्छन् । उनलाई यसअघि नेकपा एमालेको सरकारका पाला भेरी अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको थियो । ‘माधव नेपालका मन्त्री छन्, मलाई हटाएभने पनि केही छैन’, अस्पताल विकास समितिको जिम्मेवारी के हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो ।

सामाजिक सञ्जाल मार्फत धितालले श्रीमति विजया धिताललाई लेखा समितिमा नजान दिएको सुझाव नमानेको भन्दै असन्तुष्टि पनि सार्वजनिक गरेका छन् । युवा नेतृ धिताल केन्द्रीय सदस्यको आकांक्षी रहेपनि नेतृत्व पंक्तिले लेखा समितिमा राखेर व्यवस्थापन गरेको छ ।

उनको असन्तुष्टि योग्यता नपुगेकाहरुलाई केन्द्रीय समितिमा पु¥याएको भन्ने छ । सामाजिक सञ्जालमा नामै किटेर असन्तुष्टि पोखिरहेका उनी एकाएक केन्द्रीय नेतृत्वप्रति पनि आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया