
पछिल्ला दूई दशकमा नेपालका केहि नेताहरुले यो देश क्रान्तिकारीहरुले भरिएको देश भनेर निकै गर्व गरेको पाइन्छ । लगभग दुईतिहाई व्यक्तिहरुको सर्मथन कम्युनिष्टहरुलाई भएको नदेखिएको पनि होइन ।
छिमेकी देश भारतले आजमात्रै होइन सन् १९५६ मा तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुका बेलामा समेत ‘नेपालहुँदै चीनबाट कम्यूनिष्टहरु टेक्सी चढेर भारतसम्म आउने भए’ भनेर दिएको अभिव्यक्तिबाट पनि नेपालमा ‘क्रान्तिकारी’ को भीडभाड छ भन्नेकुरा देखिँदै आएको हो । २०४६ सालको परिपर्तन पछि नेपालका कम्यूनिष्टहरुले भारतका गल्लीहरुमा भैंतारिन र असनतिर स्थानीयका घरमा लुकेर बस्न परेन । सिधै खुल्लमखुल्ला क्रान्तिकारीताको ध्वंस दिएर घरघरमा पुग्न पाए ।
भूमिगत अवस्थामा रहँदा गरेको सर्वआहार र स्वधर्म सँस्कृतिप्रतिको गतिछाडा पवृतिलाई त्यसपछि पनि निरन्तरता दिइरहे । ‘सौताको रिसले पोईका काखमा सु गर्ने भन्न’े उखान झैं बिशेष गरेर कम्यूनिष्टहरु नेपाली राजसत्ताको केन्द्रमा रहेको दरबार, राजाको साँस्कृतिक काजकर्महरु, उपत्यकाभित्रको जात्रा र मौलिक सँस्कृति, देशको कुनाकुनामा बिभिन्न जातजातीले मनाउने गरेका साँस्कृतिक पर्व र आजापूजाका पद्धति सबैलाई गाली गरेर मासेर जुडोइसाइको उत्तराधिकारी माक्र्स, लेलिन र स्टालिनको आर्दश बाँड्नमा आफ्नो सर्वस्व जीवन खर्चेका छन् ।
संसारभरी वामपन्थको निर्यात गर्ने ठेक्का बोकेको सोभियत रुसको रहेकर्ममा छात्रबृति पाएर पढ्न गएहरुले जम्माजम्मी डिग्री लिएको नै नेपाली मौलिकता यहाँको मूल कुलधर्म सँस्कृति भाषा र सभ्यतालाई गाली गर्ने मात्रै भएको देखिन गएको छ ।
नेपालको माटोमा जन्मेर, यहिँको सँस्ृकति र सभ्यतामा हुर्केर पनि भारतका केहि प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्ययन गर्न गएकाहरु समेत अध्ययन सक्दानसक्दै यहि माटोका यहाँको सँस्कृति सभ्यताका यहाँको मौलिकताका घुरन्धर विरोधी भएर डिग्रीधारी भए ।
सन् सत्तरीको आसपासमा तत्कालिन दुईधु्रुबीय विश्वको उत्कर्ष रहेको बेला भारतको सबैभन्दा घनिष्ट मित्रराष्ट्र सोभियत संघको भारतमा निकै प्रभाव रहेको थियो । तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गाँन्धीको शासनकालमा भारतलाई सोभियतसंघतिरको कित्तामा राख्दै गर्दा भारत समेत कम्यूनिष्ट प्रभावित देश बन्दै गएको थियो ।
नेपाली कम्यूनिष्टहरुको वास्तविक उत्गमस्थल, मातृभूमि होलील्याण्ड कलकत्ता अर्थात पश्चिमबंगाल राज्यमा ज्योति बसुको उदय पनि भैसकेको थियो । नेपालका कम्यूनिष्टहरुलाई अब सोभियतसंघले कलकत्ताबाटै दिक्षित गर्ने काम भैरहेको थियो । कतिपय नेपालबाट भागेका नेताहरु त तत्कालिन सोभियत गुप्तचर संस्था केजीबीका ग्राउण्ड वर्कर पनि भएका थिए ।
यो अवस्थाले उत्तरतिर कम्यूनिष्ट भएको देशमा दक्षिणतिरबाट सोभियत बल मिल्दा नेपालमाअर्को कुनै वाद आर्दश वा सिद्धान्तले ठाउँ पाउने कुरा पनि रहेन । केहि बचेखुचेको विपी कोइराला भारत पुगेर कम्यूनिष्टहरुको अपभ्रन्स भएको आर्दश डा राममनोहर लोहियाको संगतले पुरा गरिदिएका थिए ।
नेपालको लागी, नेपलीत्वको लागि, नेपालको मौलिकताका लागि यिनीहरुको लगानी बिषाक्त बन्नै थियो सो बन्यो र आजपर्यन्त यसैको दुर्दशाबाट नेपाल गुज्रिरहेको छ । देश न आफ्नो रह्यो, न नेपाली मौलिकता सहितको पहिचान बोकेर चल्न सक्यो न नेपाली जनतामा आफ्नो प्रति गर्व गर्ने साहस बाँकी रह्यो ।
अन्तत्तोगत्वा नेपाल सधैं विदेशीको वाद आर्दश सिद्धान्त र प्रतिमानको दलदलमा फँस्दै गयो भने त्यसलाई नेपालीको दैलोदैलोमा पुर्याउनेहरु सबैभन्दा बढि क्रान्तिकारी भएको ठानियो । गर्दा गर्दा आज त केहि पूर्वप्रधानमन्त्री समेत भैसकेका व्यक्तिहरु समेत नेपालको तिथिमिती फेर्ने, नेपालको झण्डा फेर्ने, नेपालका चाडपर्वहरु नमनाउने, नेपालीको पछौटेपनको कारण नै नेपाली भाषा सँस्कृतिभएको भन्दै खुलेआम भाषण गर्दै हिँडेका छन् भने तीनका चेलाहरु नेपाली मौलिकतालाई गाली गर्नमा नै आफुलाई क्रान्तिकारी अर्गगमनकारी भएको स्वघोषणा गर्दै हिँडेका छन् ।
नेपालका क्रान्तिकारी भनिनेहरुका अकादेश, मातृदेश, आर्दश पुरुषहरु जन्मेका भनिएका देशले अस्सी नब्बेको दशक देखि नै त्यो सब आर्दशलाई परित्याग गरिसकेका छन् तर यहाँका कथित क्रान्तिकारीहरु त्याज्य भैसकेको वादलाई लिएर जनता झुक्याउँदै छन् ।
संसारका हरेक राष्ट्रले आफ्नो देशको पहिचानको रक्षा गर्न छुट्टै भाषानीति, सँस्कृति संरक्षण गर्न पृथक सँस्कृतिनीति, धर्म परम्पराको रक्षार्थ त्यहाँको बिषशाधिकारको नीति, सभ्यताको प्रचारप्रसार र त्यसलाई विश्वव्यापिकरण गर्ने छुट्टै त्वरितसंयन्त्रहरुको व्यवस्था गरेको हुन्छ । तर नेपालमा जनताले बनाएको भनिएको यिनै क्रान्तिकारी भनिनेहरुका अकालेहरुले कोरिदिएर खोस्टोलाई तुगलकी फरमान लगाएर ताली बजाउन लगाई जारी गरेको संविधानले नेपाली मौलिकता, नेपालको मूल कुलधर्म सँस्कृति भाषा र सभ्यतामा न गर्व गरेको छ न यसलाई कुनै आधार मानेको छ ।
नेपालको राजसत्तामा यस्ता पराइवादीहरु बिगत चारदशकमा कुनै न कुनै रुपमा बसेका छन् । नेपाली जनतामा क्रान्तिको भ्रम फिँजाइरहेका छन् । तर क्रान्ति भनेको मौलिकता मास्ने मात्रै हो, नेपालको आफ्नो मूल कुलधर्म सँस्कृति भाषा सभ्यतालाई गाली गर्नु मात्रै हो भन्ने भाष्यले भोलिका दिनमा देश स्वतन्त्र र अस्तित्वमा रहनेमा नै शंका उब्जाएको छ ।
यसको चिन्ता राख्दैवर्तमान शासकहरुले नेपालको मूल धर्मसँस्कृति, भाषा र सभ्यताको रक्षामा नीति बनाउनु त परै जाओस् बरु यसको उछितो काढ्नेहरुलाई पुरस्कृत र सम्मानित गर्नमा नै आफ्नो उर्जा खर्चिएको पाइन्छ । नेपालको मूल मूलधर्म सँस्कृतिलाई गाली गर्नमा नै आफुलाई ‘क्रान्तिकारी’ देखिाइएको छ ।यस्ता नेपाली शासकहरुको चाकडी हिजो आज र भोलिपनि विदेशीको धर्मसँस्कृति भाषा र सभ्यतामा नै कटेको छ र कट्ने निश्चित छ ।
गर्दा गर्दा हद त यतिसम्म हुन थालेको छ कि नेपालका मौलिक चाडपर्वहरु आए कि ‘यसलाई मनाउन हुन्न, यी पाखण्ड हुन, यसले के दिएको छ’ भन्दै यो उसको विरोध गर्नमा नै क्रान्तिकारिता प्रगतिशिलता देखिने प्रतिष्पर्धा हुने गरेको छ । हिन्दू बौद्ध जैन किरात बोन धर्मसँस्कृतिको उत्पत्तिको देशमा यस्ता क्रान्तिकारी भनिने ठूलाठाला गनिएका वा प्रधानमन्त्री भैसकेका व्यक्तिहरु समेत समाजिक सञ्जालमा बुरुक्क उफ्रिन्छन् ।
केहि हुल्लडहरु बटुलेर कुमहल्लाउँदै भाषण गछनर्् । केहि ख्वाँकेलाईबुद्धिजीविको सर्टिफिकेट दिएर र बरिष्ठ विज्ञ बनाएर सनातनहिन्दू सँस्कृतिलाई गाली गर्न मै चोचोमोचो मिलाउँछन् ।यहाँको मौलिकता र सनातनलाई अर्को कुनै धर्मको व्यक्तिले धार्मिक प्रताण्डित गर्दा अधिकार र स्वतन्त्रता भएको ख्वाँक्छन् ।
जबजब नेपालीत्व माथि आक्रमण हुन्छ, नेपालको मौलिकतालाई तथानाम गाली गलौच गरेर अपमान गरिन्छ त्यसबेला यसको बिरुद्धमा बोल्ने न कुनै अधिकारबादी हुन्छ, न क्रान्तिकारी नै हुन्छ । देशको मूलधर्मलाई गाली गर्नु नैनागरिक अधिकार भनिन्छ । यहाँ त भएभरका अधिकारकर्मीहरु देखि नागरिक समाज सबै नेपालीत्वलाई गाली गरेर गौरान्वित हुनखोज्छ, क्रान्तिकारी हुन खोज्छ ।
हाम्रो शासनसत्ताको मझेरीमा रहेका ख्वाँकेबुद्धिजीवि र बुचख्याँ नेताहरुकोचरित्रमा कस्तो क्रान्तिकारिता र कस्तो अग्रगमन छ बुझ्न जरुरी छ ।
हिन्दू सनातनको मूल भूमि, तपोभूमि, ऋषिमुनिहरुको ज्ञानगंगाको भूमि, तिर्थङकरको भूमि, बोन्पोे भूमि, धम्मभूमि, त्रिपिटकभूमि, किँरातभूमिमा यी धर्म इतरकाले जेपनि गर्न पाउने छूट छ । नेपाली मौलिकताका पक्षधरहरुलाई आफ्नै सँस्कृति र सभ्यताको भूमिमा अपमानित भएर बस्न बाध्य बनाइँदै किन ?आज आफ्नो सभ्यता र सँस्कृतिको रक्षाका लागि अनुरोध गर्नपर्ने, हारगुहार गर्नुपर्ने कस्ता दिन आए ? आफ्नै भूमिमा रक्षात्मक भएर सर्तुमूर्गले झैं टाउको लुकाएर म सुरक्षित छु भन्ने नाटक गर्नु परेको छ किन ? कसले गर्दा ?यस्तै कथित क्रान्तिकारीहरुले गर्दा यस्तो भएको हो ।
धिक्कार छ यस्तो प्रबृतिलाई । धिक्कार छ यस्तो क्रान्तिकारिता र अग्रगमनलाई । धिक्कार छ यस्तो प्रगतिशीलतालाई जुन कुराले नेपालको मौलिकतालाई चिन्दैन, नेपाली अस्मितालाई तिरस्कार गर्छ । नेपालको मूल र कूलधर्म सँस्कृति भाषा र सभ्यतामा गर्व गर्न सक्दैन । त्यस्तो क्रान्तिकारिता चाहिएको छैन । त्यस्तो नेपाल र नेपालीत्व नै पतीत गराउने अग्रगमन पनि चाहिएको छैन । पराइको आसन बसाउने र आफ्नो जग हँसाउने नेता नीति र सिद्धान्त पनि चाहिएको छैन । आफ्नो कुललाई गालीगर्ने प्रगतिशीलता पनि चाहिएको होइन ।
नेपाली अस्मितालाई कोमामा जानबाट बचाउन यो देशका सबै वास्तविक शुभचिन्तक, पत्रकार, वकिल, शिक्षक प्राध्यापक, समाजसेवी र राजनीतिक नेतृत्वले इमान्दारीताका साथ काम गर्न जरुरी छ । यदि यो वगलार्ई मौलिकतालाई गाली गरेर क्रान्तिकारी बन्ने, ठूलोबडो भैरहन्छु वा शासन गरिरहन्छु भन्ने लागि रह्यो भने साँस्कृतिक पहिचान बीनाको भूमि रहेर हुने समृद्धि या लोकतन्त्रको न कुनै अर्थ छ न महत्व नै हुनेछ । मौलिकता बीनाको देशको अस्तित्व संसारमा कहिँ रहेको छैन रहँदैन । मौलिकतालाई गाली गरेर कोहि क्रान्तिकारी, प्रगतिशील र अग्रगमनकारी पनि हुँदैन । सबैलाई चेतना भया ।