फन्दामा वन्यजन्तु तस्करीका फरार अभियुक्त

एक वर्षदेखि फरार बाँके बैजनाथ गाउँपालिका –६ का नर बहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ । रेड पाण्डा ओसार पसार मुद्दाको फरार प्रतिबादीका रुपमा उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, ओलीविरुद्ध रेड पाण्डा ओसार पसार मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष असोज २ गते ५ वर्ष ५ महिना र १४ दिन कैद तोकेको थियो ।


अदालतबाट कैद सजाय तोकिएपछि फरार ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया