सोमवारबाट दोस्रो दशक यात्रामा पाइला हालेको नेपालगन्जकै सबैभन्दा ठुलो फर्निसिङ कम्पनी अम्बे फर्निसिङ गार्डेनले अब उत्पादनलाई पनि आफ्नो प्राथमिकतामा राखेको जनाएको छ ।

दुई दशकको यात्रा, बजारको अवस्था र खुला सिमाना, कोरोना महामारीले पारेको प्रभावसँग जोडिएर युवा उद्यमी पंकजकुमार श्रेष्ठले नेपालगन्जन्यूजसँग कुरा गर्दै कोरोना महामारीले व्यवसायिक क्षेत्र ध्वस्त पारेको बताए ।
‘खुला सिमाना हाम्रा लागि चुनौती थियो,’ युवा उद्यमी श्रेष्ठले भने, ‘कोरोना महामारी हाम्राले अर्काे कहर बनेर आयो । उनले यसबीच विदेशबाट ल्याएरमात्रै नभै स्वदेशमैं उत्पादनलाई जोड दिन लागिएको बताए । (हेर्नुस्, युवा उद्यमी श्रेष्ठसँगको कुराकानी भिडियो)