नेपाली काँग्रेसको महाधिवेशन: युवाहरुको अवस्था

काँग्रेस बाँके नेतृत्वमा लामो समय कोइराला परिवारको बर्चश्व रहेको भए पनि चौधौं महाधिवेशनसँगै नेतृत्वमा त्यो निरन्तरता चुनौतिपूर्ण छ ।

सर्वमान्य नेता गणेशमान सिंहले ‘राजनीति आफ्नो निम्ती हैन आगामी पुस्ताका निम्ती गर्नुपर्छ ।’ भन्ने कुरालाई सम्झने हो भने यतिबेला पुस्तान्तरणको सवाल जबरजस्त उठ्नु पर्ने विषय हो ।

२०७४ चैत्र ९ गते देखि बैशाख ११ गते सम्म चलेको केन्द्रिय समितिमा युवा नेताहरु गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र रामचन्द्र यादवले पेश गरेको प्रतिवेदनमा लेखिएको छ– ‘सबै भन्दा ठूलो जीत निःसन्देह वैचारिक जीत हो; हामी त्यसमा विजयी भयौं भन्ने हाम्रो विश्वास हो । हामीले यस्तो विश्वास संविधानले स्थापित गरेको लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा गरेका हौं ।’

त्यो प्रतिवेदन लेख्ने युवा नेताहरु नै हुन । नेपाली काँग्रेसमा अघिल्लो महाधिवेशनमा क्रियाशील सदस्य ४ लाख ७० हजार थिए ,अहिले (विवाद सबै मिल्यो भने)त्यो संख्या लगभग ९ लाख पुग्न सक्ने छ । काँग्रेसमा १६ देखि ४० वर्ष उमेर समूहका करिव ३३ प्रतिशत छन् । ४१ वर्षदेखि ६० वर्षका लगभग ३७ प्रतिशत छन् भन ६० वर्षमुनिका कार्यकर्ताको संख्या ७० प्रतिशत रहेको देखिन्छ ।

चौधौं महाधिवेशनको तयारी स्वरुप केहि जिल्लामा काँग्रेसको तल्लो तहको अधिवेशन सम्पन्न भएका छन् । कतिपय जिल्लाहरुमा विवाद भएकाले तल्लो तहको अधिवेशन शुरु हुन सकेको छैन् र विवाद धेरै भएका जिल्लाहरुमा सक्रिय सदस्यहरुको नामावली समेत रोकिएको अवस्था छ ।

स्थापनापछि अहिलेसम्म नेपाली कांग्रेस भित्र दुई पटक ठूला विभाजन भए । विभाजन हुँदा दुवै पटक कांग्रेस नेतृत्वको सरकार थियो । पहिलो पटक २००९ सालमा पार्टी विभाजन भयो । पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र बीपी कोइराला पार्टी सभापति थिए । दोस्रो पटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री र सभापति गिरिजाप्रसाद कोइराला थिए ।

नेपाली कांग्रेस भित्र दुई लाइनको संघर्ष कै रुपमा २०५७ सालमा पोखरामा भएको दशौं महाधिवेशनमा देउवा कोइरालासँग पराजित भए । त्यस यता दुई गुटबीचको द्वन्द्व निरन्तर छ, तेह«ौं महाधिवेशनमा त्यस्को निरन्तरता रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच रह्यो । त्यतिमा मात्रै विवाद रहेन । तेह«ौं महाधिवेशनमा तेस्रो धार कृष्ण सिटौलाले समेत समूह बनाए । त्यसको प्रभाव जिल्ला जिल्ला तह सम्ममा पुग्यो । काँग्रेस विवादको कारण नीतिगत कुरा भन्दा नेतृत्वबीचको असमझदारी मुख्य कारक तत्व भएको देखिन्छ ।

२०१२ सालको बीरगञ्ज महाधिवेशनबाट पारित नेपाली कांग्रेसको समाजवादी नीति वि.सं. २०१५ को पहिलो आम चुनावको घोषणापत्रमा समेटिएकाले काँग्रेसले जनमतको अपार साथ पायो । तर प्रजातन्त्रको स्थापना पछि सन १९९० को दशक यता नेपाली कांग्रेसको सरकारले लागु गरेका नीति तथा कार्यक्रमहरु र त्यसले आर्थिक सामाजिक क्षेत्रमा ल्याएको परिवर्तनलाई काँग्रेसले मजबुत रुपमा अगाडी बढाउन सकेन । भएका कामहरुको पनि जनता माझ सहि रुपमा स्पष्ट पार्न सकेन ।

यतिबेला सक्रिय सदस्यहरुको विवादका कारण केहि जिल्लाहरुमा वडा तहका अधिवेशन हुन नसकेको अवस्था छ । यसबीच पनि काँग्रेसको चौधौं महाधिवेशनको चर्चा सेलाएको छैन ।

बाँके जिल्लाको हकमा जिल्ला नेतृत्वका लागी दुई पटक सासंद भइसकेका बादशाह कुर्मी, बाह्रौं महाधिवेशनमा सभापति लडेका राजकुमार बर्मा, तेह«ौं महाधिवेशनमा सभापतिकै उम्मेदवार निरञ्जन सिंह सिजापति संस्थापन पक्षबाट सभापतिका आकांक्षी रहेका छन् । त्यसैगरी संस्थापन इतर पक्षबाट नारायण गौंडेल दृश्यमा छन् । सभापतिमा सुनिल नरसिंह राणा पनि आकांक्षी भने १३ औें महाधिवेशनमा सभापति चुनाव लडेका लक्ष्मीनारायण शाह समेत आकांक्षी छन् ।

त्यसैगरी आन्तरिक लाइनको विवाद बढेमा संस्थापन पक्षबाट सुरेन्द्र हमाल पनि ’फोर्सड् क्यान्डिडेट’ हुन सक्ने सम्भावना रहेको काँग्रेस श्रोत बताउँछ । काँग्रेस बाँके नेतृत्वमा लामो समय कोइराला परिवारको बर्चश्व रहेको भए पनि चौधौं महाधिवेशनसँगै नेतृत्वमा त्यो निरन्तरता चुनौतिपूर्ण छ ।

क्षेत्रीय अधिवेशनमा क्षेत्र नं. १ मा माधवराम खत्रीको निरन्तरताको सम्भावना बलियो रहेको काँग्रेस नेताहरु बताउँछन् । आकांक्षीमा पोषण के सी र डिल्ली गिरी पनि छन् । क्षेत्र नं.२ मा संस्थापन पक्षका बीरेन्द्र बहादुर शाह, सुदिप नरसिंह राणा र अहिलेका सभापति रमेश गुप्ता पनि आकांक्षी रहेको बुझिन्छ । क्षेत्र नं.३ मा मो.नक्की खाँ, देवबहादुर खत्री र प्रकाश शाही आकांक्षी रहेको अनुमान छ ।

नेपालगन्ज उप–महानगरपालिका प्रमुखमा संस्थापन पक्षका बिनोद रिजाल, वर्तमान सभापति प्रशान्त विष्ट र उप मेयर उमा थापाको दावेदारी छ । कोहलपुर नगरमा टेक नारायण भुषाल, भूम बहादुर भण्डारी लगायतका युवाहरुले आआफ्नो उम्मेद्वारी दावी गरेका छन् ।

यसरी बाँके काँग्रेसको संगठनमा युवा अनुहारहरु नेतृत्वका लागी संघर्ष गरिरहेको बुझिन्छ । बाँके काँग्रेसमा सचिव पदका लागी यतिबेला सुधान्सु कोइराला,मेघराज वलीले तयारी गरिरहेका छन् । त्यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पनि अधिकाशं युवा अनुहारले प्रतिष्पर्धा गर्ने बुझिएको छ । त्यसअघि क्षेत्रीय प्रतिनिधिमा पनि युवाहरुले बढी स्पर्धा गर्ने अवस्था छ ।

पछिल्लो पटक तल्लो तहको अधिवेशनको मिति असोज ५ गते तय भएको छ । नयाँ तालिकाबाट फेरि स्थानीय तहको अधिवेशन शुरु भए जिल्लामा कांग्रेसमा नयाँ नेतृत्व चुनिएर मंसिरमा महाधिवेशन हुने छ ।

प्रतिक्रिया

प्रतिक्रिया