भेरी अस्पताल स्वास्थ्यकर्मी कुटपिट प्रकरण : दोषीलाई कारवाही गर्ने प्रतिबद्धता

गत बिहीबार भएको भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटना बुझ्न बनाइएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रतिवेदन सार्वजनिक गरिएको छ । समितिले विभिन्न सुझाव समेटेको । साथै दोषीलाई कारवाही समेत सिफारिस गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले छानविन समितिले प्रतिवेदनमा समेटेको विषय कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको अध्यक्षतामा गठित सात सदस्यीय समितिमा नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नर्सिंग संघका अध्यक्ष लक्ष्मी ओली, भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका प्रतिनिधि चिकित्सक थिए ।

प्रतिक्रिया

प्रतिक्रिया