पत्रकार बिकलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

बाँकेका पत्रकार हेमन्तबहादुर वि.क.लाई सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी प्रेस चौतारी बाँकेका अध्यक्ष पनि हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

हेमन्तबहादुर वि.क.

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार, जनही एक लाख राशीको सो पुरस्कारबाट रेडियो प्रतिबोध एफएमका स्टेशन प्रमुख बिकसहित मात्रिका पौडेल, इन्द्र बुढा (उजीर मगर), संगिता खड्का, शेषराज दाहाल र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन् ।

वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् । पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया