तरकारी बजार अनुगमन, दुईलाई २० हजार जरिवाना

लकडाउन हुने वित्तिकै नेपालगन्जको बजारमा खाद्यान्न तथा तरकारीको मूल्य वृद्धि गरिएको गुनासो आएपछि शुक्रबार बजार अनुगमन गरिएको छ ।


नेपालगन्ज–१२ सुर्खेत रोड स्थित श्री नसिम जसगढ, ढोडे मुखिया र श्री इरफान राईले संचालन गरेको तरकारी पसल, त्रिभुवन चोक स्थित अकरम तरकारी पसल, रानीतलाउ स्थित सान अर्डर सप्लायर्स, एम.एम.आर. अर्डर सप्लायर्स र रानी तलाउ स्थित कृषिउपज बजार संचालक समितिले सञ्चालन गरेको तरकारी मण्डीमा दर्ता÷नविकरण, मुल्य, गुणस्तर, आपूर्ति र उपलब्धताको बिषयमा नेपालगन्ज उपमहानगर अन्तरगत गठित उपभोक्ता हित संरक्षण समितिका संयोजक उपप्रमुख उमाथापा मगरको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।


अनुचित ब्यापारिक क्रियाकलाप गर्ने दुईवटा तरकारी पसल क्रमस त्रिभुवन चोक स्थित अकरम तरकारी पसल र रानीतलाउ स्थित सान अर्डर सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ १ (क)बमोजिम चेतावनी स्वरुप तस्काल जनही रु बिस हजार जरिवाना समेत गरिएको छ ।

अनुगमनमा बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख ÷निरिक्षण अधिकृत कृष्ण प्रसाद पौड्याल, नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति सदस्य सचिव दिपेन्द्र श्रेष्ठ, कृषि ज्ञान केन्द्र नेपालगंजका प्रमुख सागर ढकाल, उपभोक्ता हित संरक्षण मंञ्चका बाँके अध्यक्ष वसन्त गौतम, वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी सहायक निरिक्षक देव बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया