जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँकेको बैठकले शुक्रवार विभिन्न आठ बूँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको विस्तार नियन्त्रणका लागि अपनाइने आवश्यक रणनीतिबारे छलफल गरेपनि केन्द्रको निर्णयमा धेरै कुरा निर्भरता राखेको सम्बद्ध स्रोतको भनाइ छ । ‘यद्धपि कुनैपनि बेला लकडाउन गर्न सक्ने निष्कर्षमा स्थानीय प्रशासनलाई अधिकार दिईएको’ स्रोतको भनाइ छ ।
बैठकमा स्वास्थ्य मापदण्ड पालनाका लागि बजारमा भइरहेको लापरवाही र अटेरी नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने दबाब दिइएको थियो । तर, व्यापक छलफलपछि पनि संक्रमण तिब्र विस्तारको चेन तोड्न पनि लकडाउन गर्नुपर्ने भनाइलाई निष्कर्षमा पुर्याउन नसकिएको बताइएको छ । (हेर्नेुस निर्णय)
