बाँकेका प्रजिअ कुरुम्वाङको सरुवा, गेलाल आउँदै


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको सरुवा भएको छ । उनलाई गृह मन्त्रालयले कैलालीको टिकापुर इलाका प्रमुखको जिम्मेवारीमा सरुवा गरेको हो ।

बाँकेमा रहँदा निकै चर्चामा रहेका प्रजिअ कुरुम्वाङ्गले आफैले उक्त कुरा पुष्टि गरेका छन् । गृह मन्त्रालयले बिहीबार गरेको मन्त्री स्तरीय निर्णय अनुसार कुरुम्वाङ्ग सहित २६ जनालाई विभिन्न ठाउँमा सरुवा गरेको हो ।


त्यससँगै बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयबाट सहसचिव शिवराम गेलाल आउँदै छन् ।

प्रतिक्रिया

प्रतिक्रिया