बाँके : लक्ष्यको ५० प्रतिशतले मात्रै लगाए खोप


बाँकेमा लक्ष्य अनुसार खोप लगाइएको छैन । कोरोना विरुद्धको खोप चार दिनमा ४ हजार बढीलाई लगाउने लक्ष्य रहेपनि आधाले मात्रै लगाएका छन् । यद्यपि, अन्य दिनको तुलनामा शनिबार खोप लगाउनेको संख्या बढी रहेको छ ।


प्रथम चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोभिड विरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । बाँकेमा ७ हजार ५ सय बढीलाई खोप लगाउने योजना रहेको छ । तर, अपेक्षित रुपमा खोप लगाएको पाइँदैन ।


बाँकेमा माघ १४ देखि खोप लगाउन सुरु गरिएको थियो । चार दिनमा ४ हजार १ सय ५० लाख खोप लगाउन लक्ष्य राखिएकोमा २ हजार १२ ले मात्र खोप लगाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया