राती सडकमा टिप्पर रोक

नेपालगन्जमा रातीको समयमा टिप्पर सञ्चालनमा रोक लगाइएको छ । रातीको समयमा हिड्ने टिप्परबाट नदीजन्य पदार्थको चोरी निकासी कार्य हुनसक्ने आशंकामा टिप्पर रोकिएको बताइन्छ ।

बाँके प्रहरी, प्रशासनले साँझ ६ देखि विहान ६ सम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो । ‘पहिलो दिन रोकेर जानकारी दिएका छौं, सोमबारबाट राती टिप्पर गुड्न पाउँदैनन्’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले भने ।

प्रतिक्रिया

प्रतिक्रिया