‘निर्वाचन नै लोकतन्त्रको गहना’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता सम थापा र दिपा शर्माले निर्वाचनको पक्षमा जनमत बनाउन देशव्यापी रुपमा पार्टी परिचालित भएको बताएका छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अग्रगमनमा लैजान आफ्नै पार्टीका केही नेताहरुले बाधा सिर्जना गरेको भन्दै त्यसविरुद्ध जान प्रतिनिधि विघटन नै बाध्यकारी विकल्प भएको दाबी गरे ।

पार्टी केन्द्रीय सदस्य थापाले अन्योल र अस्थिरताको अवस्था भन्दा निर्वाचनमा जान जनता तयार भएको धारणा राख्दै भने, ‘अस्थिरता चिरेर अगाडि बढ्न निर्वाचन नै जनताको अधिकार हो ।’ उनले लोकतन्त्रमा जनताको मताधिकार लिन्छु भनेर जनतामा जाने प्रधानमन्त्रीको चाहनालाई अन्यथा लिन नहुने तर्क गरे ।

अर्का केन्द्रीय सदस्य दिपा शर्माले निर्वाचनले शान्ति र स्थायित्वलाई थप मजबुत विश्वास व्यक्त गरिन् । ‘पार्टीको आन्तरिक किचलोले मुलुक नै संकटमा फँस्नु भन्दा निर्वाचन उचित विकल्प थियो’, युवा नेता शर्माले भनिन्, ‘जनताले सही मूल्यांकन गरेर न्याय गर्नेछन् ।’

नेपालगन्जमा मंगलबार आयोजित एउटा अन्तरक्रियामा नेताद्वयलाई स्वागत सम्मान गरिएको हो । नेपालगन्ज साइक्लिङ्ग क्लब र नाटा नेपालगन्ज बाँकेले टुर दि ठाकुरद्वारा कार्यक्रमका लागि गरेको अन्तरक्रियामा सहभागी युवा नेता थापा र शर्मालाई स्वागत सम्मान गरिएको अभियन्ता सुरेन्द्रद्विप कार्कीले जानकारी दिए ।

क्लब अध्यक्ष गगन थापा, नाटा अध्यक्ष श्रीराम सिग्देल लगायतले युवा नेताद्वयलाई खादा र अबिर लगाई स्वागत सम्मान गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया