व्यवसायीले मागे आफ्नो चल, अचल सम्पत्ति

यातायात व्यवसायीहरु कम्पनीमा गएपछि पूर्व समितिमा रहँदाको चल, अचल सम्पत्ति उपलब्ध हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

यातायात व्यवसायी सरकारको निर्णय बमोजिम कम्पनीमा दर्ता भएका छन् । उनीहरु कम्पनीमा गएसँगै समितिमा हुँदाको चल, अचल सम्पत्ति रोक्को अवस्थामा रहेको छ । यस्तो अवस्थामा कम्पनीमा गएका व्यवसायीलाई बीमा भुक्तानी लगायतको समस्या भैरहेको छ । त्यसैले उनीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर कम्पनीमा गएपछि झेल्नु परिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।

नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी सगठनका अध्यक्ष प्रसाद मैनालीको नेतृत्वमा महासचिव डेक नाथ गौतम, उपमहासचिव वसन्त भण्डारी, नेपाल यातायात ब्यवसनयी राष्ट्रिय माहासंघका महासचिब सरोज सिटौला सहितको टोलीले यातायात व्यवसायी संघ समितिको अचल सम्पति रूपान्तरित कम्पनि प्रा लिमा फिर्ता लगायतका समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया