नेपालगन्जमा खुल्दै विद्यालय, ७० विद्यालयले लिए अनुमति

नेपालगन्जमा विद्यालय खुल्न सुरु गरेका छन् । सरकारले विद्यालय सञ्चालनका लागि मापदण्ड बनाएपछि सोही अनुसार विद्यालय खुल्न थालेका हुन् । नेपालगन्ज उपमहानगरपालिकामा १ सय ५६ वटा विद्यालय रहेका छन् । जसमध्ये ७० बढी विद्यालयले स्थानीय तहसँग विद्यालय सञ्चालनको अनुमति लिइसकेका छन् ।


अनुमति लिएका विद्यालयले सुरक्षा मापदण्डको पालना गरेका छन् कि छैनन् भनेर आइतबारबाट अनुगमन गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ । ‘आइतबारबाट सञ्चालित विद्यालयको अनुगमन गरिनेछ’, नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले दैनिक नेपालगन्जसँग भने ।

बाँकेमा ७७ संस्थागत, ४३ सामुदायिक र मदरसा ३६ वटा मदरसा रहेका छन् । ३ वटा मदरसाले पनि सञ्चालनका लागि उपमहानगरपालिकासँग अनुमति लिएका छन् । कतिपय विद्यालय भने अनुमति विना नै सञ्चालन भैरहेको पनि स्थानीयले अभिभावकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया