अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि बन्दै पूर्वाधार

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यलाई पछ्याउँदै विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज पार्किङ क्षेत्रको उद्घाटन गरेका हुन् ।


२८ करोड ५३ लाखको लागतमा निर्धारित समयमैं पार्किङ क्षेत्र निर्माण पुरा भएको हो । ‘नेपालगन्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ,’ २५ महिनाअघि तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले शिलान्यास गरेको पार्किङ क्षेत्र उद्घाटन गर्दै मन्त्री भट्टराईले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पूर्वाधार हो ।’

विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साइजका कम्तिमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने छन् । अब एयरबस ३२० सम्मका जहाज पनि पार्किङ हुनसक्ने अवस्थामा नेपालगन्ज विमानस्थल पुगेको भट्टराईको भनाइ थियो ।

विमानस्थल पार्किङ क्षेत्र विस्तार कार्यक्रम

प्रतिक्रिया

प्रतिक्रिया