बाँकेमा आज शनिवारमात्रै कोरोना संक्रमणपछि उपचार गराइरहेका ३ जनाको मृत्यु भएको छ । कम्तिमा ३७ जना संक्रमित थपिएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँके नेपालगन्ज–२० का एक जना महिला र दाङका दुई जना पुरुषको बाँकेका अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यो संगै बाँकेमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने, बाहिर जिल्लाबाट उपचारका लागि आउने १९ जनाको निधन भएको छ । ‘संक्रमणका कारण जिल्लाभित्र मृत्यु हुने संक्रमित संख्या ५० पुगेको छ,’ फोकल पर्सन श्रेष्ठले भने । उनका अनुसार, निको भइ ३८ जना आजनै डिस्चार्ज भएका छन् । ३ हजार १४७ संक्रमित मध्ये २ हजार ८ सय २४ जना निको भएको बाँकेमा २९३ जना विभिन्न आइसोलेसन केन्द्र, अस्पताल र होम आइसोलेसनमा छन् ।

