मुलुकभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसक्रममा बाँकेमा ८ जना संक्रमित थपिएका छन् । योसंगै बाँकेमा संक्रमित संख्या ३ हजार नाघेको छ । संक्रमण हुनेमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग पनि परेका छन् । उनलाई मंगलवारनै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजकसमेत रहेका उनले आफुलाई संक्रमण पुष्टि भएको भन्दै सामाजिक संजाल फेसबुक मार्फत आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् । यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।