चाडबाड नजिकिए संगै बजारमा म्याद नाघेका र लेबलिङ्ग र प्याकेजिङ्ग बिनाका खाद्य सामाग्रीहरु पनि बिक्रि बितरणका लागी राखेको पाइने गरेको छ । बाँके जिल्ला स्थित संयुक्त बजार अनुगमन टोलीले सोमवार मंगलबार नेपालगन्ज र कोहलपुर क्षेत्रमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
यस क्रममा कोहलपुर स्थित लिटील हङ्गर, चप्पडगौडी स्थित सुरक्षा जनरल स्टोरमा ठुलो मात्रामा म्याद नाघेका खाद्य बस्तुहरु भेटिएको गौतमले बताए । मंगलबार गरिएको सयुक्त बजार अनुगमन टोलीले कोहलपुर चप्परगौडी स्थित एक पसलहरुमा अनुगमन गर्दा म्याद गुज्रेका करिब रु बिस हजार बराबरका ६२ बोतल वियर र रु दुई बराबरका खाद्य सामाग्री भेटिए पछि ति सामाग्री नष्ट गरि म्याद नाघेका बस्तु बिक्रि बितरण नगर्न निर्देशन दिएको अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिए ।
खाद्य ऐन नियम कार्यान्वयन गर्ने सिलसिलामा संयुक्त बजार अनुगमन टोलीले सोमबार र मंगलबार नेपालगन्ज र कोहलपुर क्षेत्रका बिभिन्न आठ वटा खाद्य ब्यवहायहरुको अनुगमन गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय कार्यालय नेपालगन्जका खाद्य निरिक्षक प्रेम अर्यालले बताए ।
अनुगमन गर्ने क्रममा उक्त आठ वटा पसलहरुबाट करिव तिस हजार बरावरको म्याद नाघेका खाद्य पदार्थहरु मिठाई चकलेट, मसला, बियर जुस आदी नष्ट गरिएको अर्यालले जानकारी दिए । म्याद नाघेका बस्तु बिक्रि बितरणका लागि राखिएको पाईए पछि अनुगमन टोलीले पसलेहरुलाई खाद्य स्वच्छता कायम गर्न, गुणस्तर हिन म्याद नाघेका, लेबलिङ्ग र प्याकेजिङ्ग नगरिएका खाद्य बस्तु बिक्री वितरण नगर्न निर्देशन दिएको जनाएको छ । यसै गरि अनुगमन टोलीले पसलको सरसफाई र स्वास्थ्य सावधानी अपनाएर ब्यवसाय गर्न पनि निर्देशन दिएको जनाएको छ ।
चाडवाडमा उपभोक्ता ठगिका घटना हुन सक्ने कुरालाई मध्यनजर राख्दै बजार अनुगमनको कार्यलाई तिव्रता दिइएको र उपभोक्ता हित बिपरितको कार्य गर्ने र कालो बजारी गर्नेलाई कानूनी कारवाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङ्गले बताए ।