कोरोना कहरमा बाँकेः उकालिंदै संक्रमण

बाँकेमा खुलेआम स्वास्थ्य सुरक्षाको मापदण्डअटेरी बढ्दै गएपछि कोरोना संक्रमणले झनै तिब्रता पाएको छ। यसले दशैं पर्वलाई अझ सतर्कतापूर्वक मनाउनुपर्ने सन्देश दिएको छ ।
त्यसक्रममा मंगलवार झण्डै पौने एकसय जना संक्रमित पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, मंगलबार एकैदिन बाँकेका ७४ जनामा कोरोना संक्रमण देखिएको हो । उनका अनुसार, मंगलबार बाँकेका विभिन्न स्थानका २६ महिला र ४८ पुरुष गरी ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
इससँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ८०३ पुगेको छ । जसमध्ये, २९ जना संक्रमितको ज्यान गइसकेको छ भने २ हजार १७५ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । मंगलबार थपिएका संक्रमितसमेत जिल्लामा ६ सय ९९ जना सक्रिय संक्रमित पुगेको छ ।
पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । लकडाउन खुलेपछि होटल, रेष्टुरेन्ट, उद्योग, यातायात लगायतका बजार क्षेत्र खुलेसङ्गै कोरोना संक्रमण पनि तिब्र रुपले वृद्धि भइरहेको हो । स्वास्थ्य सतर्कताको पालना र मापदण्ड अटेरी गर्नेहरुको अनुगमनसमेत नहुँदा समस्या जटिल बन्दै गइरहेको देखिन्छ ।


अब वडामैं फोकल पर्सनः
संक्रमणले झनै विस्तारको सम्भावना देखाएपछि कोरोना संक्रमितहरुको सहज ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत हरेक वडामा कोरोना फोकल पर्सन तोकिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका अनुसार, संक्रमित व्यक्तिहरुलाई होम आइशोलेसनमा तथा आइसोलेशनमा बस्नका लागि समन्वय गर्न वडास्तरमा कोरोना फोकल पर्सन तोकिएको हो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट तेज बहादुर वलीले आइसोलेशनमा बस्दा वडास्तरीय कोरोना फोकल पर्सनसँग समन्वय गरेर बस्न सजिलो बनाउन वडास्तरमै यस्तो व्यवस्था गरिएको बताए ।
कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइशोलेसनमा समेत बस्न सक्ने मापदण्ड बनेसँगै बाँकेमा पनि होम आइसोलेशनमा बस्नेहरुको संख्या बढ्दै गएको छ । बाँकेमा मंगलवारसम्म एकसय दुई महिलासहित दुई २७ जनाले होम आइसोलेशनमैं आफ्नो उपचार गराइरहेको जानकारी कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया