सुनिदेउ सरकार एकल महिलाका पीडा

द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेले आज मंगलवार दशौं अन्तर्राष्ट्रिय एकल महिला दिवस विभिन्न सचेतना कार्यक्रम गरि मनाएको छ । औं अन्तर्राष्ट्रिय एकल महिला दिवसू एकल महिलाहरूको सशक्तिकरण तथा सहभागिताको लागि सबैको साथ र सहयोग भन्ने मूल नारासहित दिवस मनाइएको हो ।
त्यसै सन्दर्भमा सञ्जालकी संस्थापक जिल्ला अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शोभा विसीले लामो समय देखि न्यायको प्रतिक्षामा रहेका द्धन्द्ध पीडितहरुलाई सरकारले यथोचित व्यवस्था गरिदिन आग्रह गरेकी छन् । नेपालगन्जन्यूजसँग संक्षिप्त कुराकानी गर्दै विसीले एकल महिला दैनिक हात मुख जोड्न नसक्ने अवस्थामा पुगेको बताइन् । स्थानीय तहहरुले गाउँसभा मार्फत निति तथा कार्यक्रम बनाउदै गरेको बेला विसीले आफ्ना सवाल सम्बोधनका ध्यानाकर्षण गराइन् ।

(हेर्नुस् भिडियो)

प्रतिक्रिया

प्रतिक्रिया